सूर्य चिह्न केपी ओली नेतृत्वको नेकपाले नै पाउने छ : ईश्वर पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीको बैधानिकताका आधारमा सूर्य चिह्न केपी ओली नेतृत्वको नेकपाले नै पाउने दाबी गरेका छन् ।

पार्टीको वैधानिकता र आधिकारिकताबारे निर्वाचन आयोगमा प्रक्रिया चलिरहेको भन्दै पोखरेलले सूर्य चिह्न आफूहरुले नै पाउने दाबी गरेका हुन् । शनिबार आफ्नो निर्वाचन क्षेत्र काठमाडौं–५ का नेता–कार्यकर्तालाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताएका हुन् ।

‘निर्वाचन आयोगमा त्यसको प्रक्रिया चलिरहेको छ’, पोखरेलले भने, ‘तपाईंहरुलाई म जिम्मेवारपूर्वक भन्न चाहान्छु– केपी शर्मा ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक हुन्छ र सूर्य चिह्न पनि यही पार्टीले पाउने छ ।’

पार्टी र पार्टीको चिह्नबारे कुनै पनि द्विविधा नराख्न पनि उनले कार्यकर्ताहरुलाई विश्वास दिलाएका छन् । उनले भने, ‘हामी हार्दा पनि यही रहन्छौं र जित्दा पनि यहीँ रहन्छौं ।’

Sharing Now!

You might also like

Comments are closed.