काठमाडौँ । नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सात वटै प्रदेशका जनवर्गीय संगठनको इन्चार्ज चयन गरेको छ ।
Advertisement
बिहीबार बालुवाटारमा बसेको केन्द्रीय कमिटीको बैठकले सातै प्रदेशका जनवर्गीय संगठनको इन्चार्ज तोकेको हो ।
प्रदेश–१ मा सुवास नेम्वाङ, प्रदेश–२ मा सत्यनारायण मण्डल, वागमतीमा ईश्वर पोखरेल, वागमती अन्तर्गत उपत्यकामा कृष्णगोपाल श्रेष्ठलाई बैठकले इन्चार्ज तोकेको हो ।

त्यसैगरी, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट इन्चार्जको रुपमा चयन भएका छन् ।
त्यस्तै, जनसंगठनको इन्चार्जको रुपमा टोपबहादुर रायमाझी तोकिएका छन् ।