काठमाडौं । नेकपा गुल्मी जिल्ला अध्यक्ष मधुकृष्ण पन्त नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) अध्यक्ष प्रधानमन्त्री केपीशर्मा ओली समुहको तर्फबाट केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।
मंगलवार बसेको ओली समुहको बैठकले महाधिवेशन आयोजक केन्द्रिय कमिटी सदस्यमा गुल्मी जिल्ला अध्यक्ष पन्त सहित ७ जनालाई मनोनित गरेको हो । मनोनित हुनेहरुमा मैन भण्डारी, कमलराज श्रेष्ठ, बालसिंह काउछा, राजेन्द्र अर्याल, गगन बिष्ट, दिलशोभा पुन रहेका छन् ।
मनोनित हुनेहरु मध्ये मैना भण्डारी बिगठित प्रतिनिधी सभासदस्य हुन् । त्यस्तै कमलराज श्रेष्ठ लुम्बिनी प्रदेशका सांसद हुन् । त्यस्तै राजेन्द्र अर्याल पूर्व प्रस चौतारी अध्यक्ष हुन् ।
गगन बिष्ट गोकर्ण बिष्टका भाई हुन् उनि पनि पूर्व प्रेस चौतारी अध्यक्ष हुन् । बालसिंह काउछा नेकपा गुल्मीका सचिवालय सदस्य हुन् । त्यस्तै दिलशोभा पुन पूर्व सांसद हुन् ।
गुल्मीबाट जिल्ला अध्यक्ष सहित ओली समुहमा ७ जना केन्द्रिय सदस्यमा मनोनित
गुल्मीबाट जिल्ला अध्यक्ष सहित ओली समुहमा ७ जना केन्द्रिय सदस्यमा मनोनित
Advertisement
तपाईको प्रतिक्रिया