ओलीले घोषणा गरे महाधिवेशन आयोजक समिति

कामना डेली, काठमाडौं। प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।

उनले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषण गरेका छन् । त्यसमा १९७ जना पछि थप गर्ने उनले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा सुनाएका छन् । अध्यक्ष ओलीले मनाेनित सदस्यहरुलाई बैठकमा सपथग्रहण समेत गराएका छन ।

त्यस्तै, ओलीले पार्टीको महाधिवेशन २०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा राखेका छन् । बैठकले ओलीको प्रस्ताव अनुमोदन समेत गरेको छ ।

यसअघि नेकपाको महाधिवेशन यही वर्षको चैतमा गर्ने निर्णय गरेको थियो ।

Sharing Now!

You might also like

Comments are closed.