काठमाडौं । पार्टीभित्रको आन्तरिक द्वन्द्व मिलाउन नसकेपछि प्रधानमन्त्री केपी ओलीले संसद विघटनको सिफारिस गरेका छन् ।
Advertisement
बालुवाटारमा आइतबार बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले संसद विघटनको सिफारिस गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।
झण्डै दुईतिहाइको बहुमत हुँदा पनि नेकपाले राम्रोसँग सरकार चलाउन सकेन ।