काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले कांग्रेस एक ढिक्का भए कसैले हराउन नसक्ने बताउनुभएको छ ।
नेपाली कांग्रेस मोरङले सोमबार विराटनगरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता कोइरालाले आफ्नो काम पार्टीलाई एक ढिक्का बनाउने भएको पनि बताउनुभयो । अर्काे प्रसंगमा महामन्त्री कोइरालाले सरकारको ‘भिजन’ नभएकाले जनताले दुःख पाएको जिकिर गर्नुभयो।
कोरोना संक्रमण नियन्त्रण, भ्रष्टाचार नियन्त्रणमा सरकार असफल भएको आरोप लगाउँदै विनादृष्टिको सरकारले जनतालाई दुःख दिएको आरोप उहाँले लगाउनुभयो ।
Comments are closed.