माधव खनाल, प्युठान । जिल्लाको मल्लरानी गाउँपालिका वडा नम्बर २ को वान्ना गाउँमा पहिलोपटक बस पुगेको छ । अब घर आगनवाटै बसमा यात्रा गर्न पाईने भन्दै स्थानिय खुसी छन।
पहिलोपटक गाउँ पुगेको बसको गाउँपालिका अध्यक्ष अम्मरध्वज रानाले रिवन काटेर उद्घाटन गर्नुभयो। उद्घाटन कार्यक्रममा अध्यक्ष रानाले अब नियमित रुपमा वस संचालन हुने बताउनुभयो । कार्यक्रममा मन्तव्य राख्दै जिल्ला समन्वय समिति प्युठानका पुर्व सभापति बोम बहादुर खत्रीले यातायातको सुबिधा नै अहिलेको मुख्य आवस्यकता भएको बताउनुभयो । त्यस्तै मल्लरानी गाउँपालिका – २ का अध्यक्ष लेखबहादुर थापाले भानुभक्त माध्यामिक बिधालयमा अध्यरत यश क्षेत्रका बिद्यार्थीहरुको लागि वडा कार्यालयले दुई महिनाको लागि बसको ब्यबस्थापन समेत मिलाइएको जानकारी गाराउनुभयो । पहिलोपटक बस आएको खुसिमा स्थानीयले बस धनी बस चालक र सहचालकलाई फुल माला र अविर लगाइ स्वागत गरेका थिए ।