नुवाकोट । राजन्तत्रको विकल्प नभएको भन्दै नुवाकोटमा राजाबादीहरुले मोटरसाइकल र्याली निकालेका छन् ।
राप्रपा एवंम संयुत्त राष्ट्रबादी संघर्ष समितिको आयोजनामा ‘राजा आउ देश बचाउ’ भन्दै विदुरदेखि बट्टारबजारसम्म प्रर्दशन भएको हो। प्रदर्शनका क्रममा सहभागिहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ, जस्ता नारा लगाएका थिए ।प्रर्दशनकारीले राजन्तत्रको विकल्प नभएको प्लेकार्ड बोकेका थिए ।
राजावादीहरुको प्रदर्शनलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले चोकचोकमा प्रहरी परिचालन गरेको थियो । र्याली नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गदै रााष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले नेपालको राजसंस्थाले संकट परेको बेलामा नेपाल र नेपालीको रक्षा गरेको बताउनु भयो । उहाँले नेपालमा राजतन्त्र अन्त्य हुनुमा नेपालका नेताहरुलाई प्रभावमा पारेर डलरको खेती गरेको बताउनु भयो ।
कोणसभालाई सम्बोधन गर्र्दैे वरिष्ट अधिवत्ता डा. वालकृष्ण न्यौपानेले नेपाली जनताले पार्टीमा विश्वास गर्न छाडेको भन्दै जनता सडकमा उत्रनुपर्नुे बताउनुभयो ।