• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, साउन २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. गुल्मीमा एलपी ग्यासको अभाव

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

नेकपा विवाद: दुवै समूह शक्ति परीक्षणमा


  •   आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित
  • काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल यति बेला शक्ति परीक्षणमा लागेका छन्। उनीहरूले आआफ्ना समूहका नेता कार्यकर्ता भेला गर्दै समर्थकको संख्या आकलन गर्न थालेका हुन्।

    Advertisement

    पार्टीमा वार कि पारको अवस्था आउन लागेको विश्लेषण गर्दै उनीहरूले सानो सानो समूह तथा नेताहरूको भेला गरेर आआफ्नो तागतको हिसाबकिताब गर्दैछन्। आफ्नो पक्षमा कुन कुन कमिटीमा बहुमत छ भनेर पनि उनीहरूले समूहका नेताहरूसँग बुझिरहेका छन्। दाहाल– नेपाल समूहले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी तथा तलसम्मै आफ्नो समूह बहुमतमा रहेको जनाएका बेला ओली पक्षले पनि कमिटीगत रूपमै बहुमत–अल्पमतको हिसाब गरिरहेको छ। ‘दुवै पक्षले बहुमत–अल्पमतको जोड–घटाउ गरिरहेका छन्’, नेकपा स्रोतको दाबी छ।

    प्रधानमन्त्री ओली पक्षका नेताहरूले दिनहुँ यस्ता भेला गरिरहेका छन् भने दाहाल–नेपाल समूहले पनि भेला गरेर आफ्ना धारणा राख्न थालेका छन्। उनीहरूले ससाना समूहमा भेला गर्न थालेका हुन्। कात्तिक २८ गते दाहालले सचिवालय बैठकमा राखेको प्रतिवेदन तल्लो तहसम्म पठाइएपछि ओली समूह पनि तल्लो तहसम्मकै कार्यकर्तासँग छलफलमा जुटेको छ। ‘ओली पक्षका नेता–कार्यकर्ताले देशव्यापी रूपमै भेला गरिरहेका छन्। उता दाहाल–नेपाल समूहले पनि आफ्ना समूहका नेताहरूलाई तल्लो तहसम्ममा उपस्थिति कस्तो छ भनेर बुझिरहेका छन्। समग्रमा भन्ने हो भने दुवै पक्षका नेताहरू आफ्नो शक्ति कति रहेको छ भनेर परीक्षण गरिरहेका छन्’, नेकपाका एक स्थायी कमिटी सदस्यले भने। उनका अनुसार नेताहरूले यसरी बैठक गरेर कार्यकर्ताबीच पनि चिरा पारेकाले पार्टी सग्लो देखिए पनि अनौपचारिक रूपमा विभाजन भइसकेको छ।

    ‘महाधिवेशनको वैचारिक बहस खुल्नुअघि नै शीर्ष नेताहरू आफैंले गुट भेलालाई सम्बोधन गरेपछि पार्टी विभाजन उन्मुख छ भनेर आकलन गर्न सकिन्छ’, ती सदस्यको भनाइ छ। नेताहरूले भने गुट भेलामा सम्भावित पार्टी विभाजनको दोष एकअर्कालाई दिइरहेका छन्। दाहाल–नेपाल पक्षले ओली पार्टी विभाजन गर्न लागेको बताउँदै आएका छन्। त्यस्तै ओली समूहले पनि दाहाल–नेपाल समूहले पार्टी विभाजनको लागि बहुमतको कसरत गरेको आरोप लगाएको छ। दाहाल–नेपाल समूह बहुमतबाट पार्टीको निर्णय कार्यान्वयन गर्ने पक्षमा छन्। मंसिर२१ गते बसेको स्थायी कमिटी बैठकमा दाहालले आफ्नो र ओलीले फर्काएको जवाफ सबै स्थायी कमिटी सदस्यहरूलाई अध्ययनका लागि बाँडेका थिए। सोही प्रस्तावको विषयमा आइतबार छलफल हुने बताइएको छ।त्यसअघि बिहीबार दाहाल–नेपाल पक्षको गोप्य भेला भएको थियो।

    बदलिँदो परिस्थिति, पार्टीभित्र देखिएको समस्या र ओली पक्षको सामना कसरी गर्ने भन्नेमा केन्द्रित भेलामा वाग्मती प्रदेशका १४ जिल्लाका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव सहभागी भएका थिए। त्यहाँ दाहाल र नेपालले सम्बोधन गरेका थिए। भर्चुअल रूपमा गरिएको सम्बोधनमा उनीहरूले ओलीले एकलौटी ढंगले सरकार र पार्टी चलाएको, पार्टी एकताको भावनाअनुसार नचलेको, निर्णयअनुसार पार्टी सञ्चालन नगरेको, भ्रष्टाचारलाई प्रोत्साहन गरेको आरोप लगाएका थिए। भेलामा वाग्मती प्रदेशका इन्चार्ज अष्टलक्ष्मी शाक्य, अध्यक्ष नारायण दाहाल, स्थायी कमिटी सदस्य पम्फा भुसाल र अन्य नेता सहभागी थिए। यस्तो भेला पुस पहिलो सातामा काठमाडौंमा गर्ने तयारी भएको दाहालनिकट एक नेताले भने। उनका अनुसार यस्ता भेला निरन्तर सञ्चालन हुुने भएका छन्।

    दाहाल–नेपाल समूहले भेला राखेपछि ओली पक्षका युवा नेता देश दौडाहामा लागेका छन्। ओली समूहका युवा विद्यार्थीले प्रदेश १ को विराटनगरमा भेला गरिसकेका छन्। युवा संघ नेपालका सहसंयोजक रमेश पौडेल पनि देश दौडाहाको क्रममा शनिबार विराटनगर पुगेर भेला आयोजना गरेका थिए। त्यसपछि उनी २ नम्बर प्रदेशमा भेलाको तयारीमा लागेका छन्। उता दाहाल–नेपाल समूहले आइतबार झापामा भेला गर्ने बताइएको छ।

    ओली पक्षले मदन भण्डारी फाउन्डेसनको ब्यानरमा भेला गर्दै आएको छ। पार्टीभित्रको विवादको एउटा जड मदन भण्डारी फाउन्डेसनको नाममा हुने गुट भेला पनि रहेको छ। प्रधानमन्त्री ओली तथा उनी निकट नेताहरूले वडा तहसम्म पनि फाउन्डेसनलाई सक्रिय बनाएर गुट भेला गरिरहेको दाहाल–नेपाल पक्षको आरोप छ। त्यसैगरी सुदूरपश्चिम प्रदेशमा भीम रावल र लेखराज भट्ट समूहको छुट्टाछुट्टै भेला हुने गरेको छ।

    यसका अतिरिक्त प्रधानमन्त्री ओलीले बालुवाटारमा आफू निकटका नेताहरूसँग दिनहुँ परामर्श गर्दै आएका छन्। उनले उपप्रधानमन्त्री ईश्वर पोखरेल, विष्णु पोडैल, सुवास नेम्बाङलगायतका नेताहरूसँग परामर्श गर्ने गरेका छन्। दाहालले आफू निकटका नेताहरूसँग खुमलटारमा छलफल गर्ने गरेका छन्।दाहालसँग वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ नियमित परामर्शमा रहने गरेका छन्। दुवै पक्षका समानान्तर भेला र बैठकले पार्टी ध्रुवीकृत भइसकेको अनुमान नेकपाका नेता कार्यकर्ताले गरिसकेका छन्। टपेन्द्र कार्कीले नागरिक दैनिकमा समाचार लेखेका छन् ।

    आइतबार, मङि्सर २८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • २.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ३.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ४.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ५.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ६.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ७.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    • ८.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation