पाँचथर । मिक्लाजुङ गाउँपालिकाले किसान केन्द्रित प्रोत्साहन पुरस्कार सुरु गरेकाे छ । सबै भन्दा धेरै उत्पादन गर्ने किसानहरुलाई गाउँपालिकाले पुरस्कार दिन सुरु गरेको हो ।
Advertisement
पुरस्कारस्वरुप गाउँपालिकाले विभिन्न प्याकेजहरु ल्याएको छ । गाउँपालिकामा धेरै अन्न उत्पादन गर्नेलाई अनुदान सहयोग गर्ने योजना कार्यान्वयन गर्ने चरणमा आइपुगेको हो । ४० मुरी भन्दा धेरै धान फलाउने किसानले एक लाख रुपैयाँ अनुदान आउने छन् ।
यस्तै, चार फुट अग्लो र २० फुट लम्बाइको थाङ्रो मकै फलाउने किसानलाई पनि एक लाख अनुदान दिने घोषणा गरिएको छ । मकै फलाउने किसानले आवेदन दिइरहेका जनाइएको छ । यस्तै, ३५ मनदेखि माथि आलु फलाउनेलाई प्रतिकेजी अनुदानको कार्यक्रम सुरु भएकाे छ । प्रतिकेजी २० रुपैयाँ अनुदान दिइएको काराेबार दैनिकमा प्रकाशित छ ।