अर्घाखाँची । जिल्लाको प्रसिद्ध धार्मिकस्थल सुपा देउरालीकाे भिरमा सोमबार एक युवक मृतावस्थामा फेला परेका छन् ।
Advertisement
पाणिनी गाउँपालिका–७ अड्गुरीका १९ वर्षीय अनिल आचार्य भिरमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
घरबाट सुन्तला बेच्न आइतबार सुपा देउरालीमा गएका उनी सोमबार दिउँसो मृतावस्थामा फेला परेको प्रहरीले जनाएको हो ।