• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

अनि गए ओली बैठकमा


  •   बिहिबार, मङि्सर ०४, २०७७ मा प्रकाशित
  • काठमाडौ। राजनीतिक सरगर्मी बुधबार बिहानसम्म यस्तो थियो, सत्तासीन दल नेकपा अब विभाजनतिर गयो। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार साँझ पार्टी सचिवालयको बैठककै समयसँग ‘जुधाएर’ मन्त्रिपरिषद् बैठक बोलाइएको सूचना मन्त्रीकहाँ पठाएका थिए। तर, बुधबार बिहानै प्रधानमन्त्री ओलीलाई उनीनिकट नेता उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङले भेट गरे। पार्टी बैठक छल्ने भनेर असन्तुष्ट पक्षले लगाउँदै गरेको आरोपलाई बल पुग्ने गरी मन्त्रिपरिषद् बैठक राख्न नहुने सुझाव केही नेताले दिए। प्रधानमन्त्री ओली त्यसअघि आफूविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्तावको कुनै जवाफ नदिने, प्रस्ताव फिर्ता नभएसम्म संवादमा नबस्ने र बैठकसमेत हुन नदिने अडानमा थिए। तर, ओलीलाई आफूनिकट नेताले बैठकको सामना गरेर जाने, दाहालको प्रस्तावको ‘काउन्टर जवाफ’ दिने रणनीति अख्तियार गर्न सुझाएका थिए। अझै तयारी गरेर जानुपर्ने, जसरी अगाडि बढ्न खोजिए पनि हतारमा निर्णय गर्दा गल्ती हुन सक्ने भएकाले ‘कुलिङ पिरियड’ लिनुपर्ने र अन्तिमसम्म प्रयत्न गर्नुपर्ने दबाब ओलीमा थियो। अर्कातिर चिनियाँ राजदूतले पनि प्रधानमन्त्री ओलीसँगको भेटमा पार्टी मिलाउने मुख्य जिम्मेवारी ओलीसँगै रहेकाले पार्टी एकताको पहल लिन आग्रह गरेकी थिइन्।

    Advertisement

    वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि उनीनिकट दुई मन्त्री योगेश भट्टराई र घनश्याम भुसालले दबाब दिएका थिए। उनीहरूले बैठकमा ओलीलाई हामी ल्याउँछौं तर तपार्इंहरू (दाहाल–नेपाल)ले पनि फाइट टु फिनिस नगरौं, पार्टी एकता जोगाउनुपर्छ भनेका थिए। नेपालले पनि ओली बैठकमा आउँछन् भने ‘ठीकै छ’ भन्ने जवाफ दिएका थिए। त्यसपछि भुसालले महासचिव पौडेललाई भेटेर बैठकमा ओलीलाई जसरी पनि ल्याउन आग्रह गरेका थिए।

    पूर्वमाओवादी धारका नेताहरूले अर्का अध्यक्ष दाहाललाई ‘फाइट टु फिनिस नगरौं, अझै मिल्ने ठाउँ छ खोजी गरौं’ भन्ने प्रस्ताव गरिरहेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दाहालसँगको संवादपछि ओलीइतर समूहका नेताहरू बैठक नरोकी अगाडि जान खोजेको प्रस्ट सन्देश आएको भन्दै ओलीलाई बैठक सामना गरेर जाँदा पार्टी एकता जोगिने सुझाव दिएकी थिइन्। त्यसपछि भने ओलीले एकाएक ‘मुड’ परिवर्तन गरी बैठकको सामना गर्ने नीति अख्तियार गरेको नेकपाका एक सचिवालय सदस्यले बताए।

    ओलीले बुधबार राष्ट्रपति भण्डारीसँग भेट गर्न जानुअघि मन्त्रिपरिषद् बैठक एक घण्टा ढिलो गर्ने गरी सारेका थिए। उनले मंगलबार राति पनि राष्ट्रपतिसँग छलफल गरेका थिए। बैठक सामना गरेर जाने सुझाव आएपछि ओलीले बैठकमा सहभागी हुने निष्कर्ष आफूनिकट नेतालाई सुनाएका थिए। त्यसपछि भने महासचिव पौडेलले अर्का अध्यक्ष दाहाललाई टेलिफोन गरी बैठक निर्धारित समयमा बस्ने र प्रधानमन्त्री पनि सहभागी हुने जानकारी गराएका थिए।

    त्यो सन्देशछि खुमलटारमा वरिष्ठ नेता नेपाल र दाहालबीच संवाद भएको थियो। अनि प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमा लेखे, ‘निर्धारित समयमै बालुवाटारमा सचिवालय बैठक बस्छ।’

    ओली अघिल्लो दिन अबेर रातिसम्म महासचिवलाई बुधबारको सचिवालय बैठक स्थगन गराउने गरी सूचना जारी गराउन लगाउने तयारीमा थिए। तर, ओलीसमेत बैठकमा सहभागी हुने सन्देशपछि दाहाल निर्धारित समयभन्दा केहीअगावै बैठकस्थल प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए। तर, त्यहाँ बैठकअघि दुई अध्यक्षबीच संवाद हुन नसकेको बालुवाटारनिकट स्रोत बताउँछ।

    रामकृष्ण अधिकारीले अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार लेखेका छन् ।

    बिहिबार, मङि्सर ०४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation