• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, साउन २७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

लोकप्रिय समाचार

  • १. ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल उद्घाटन

  • २. करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख र एक जनाले १० लाख पाउने

  • ३. राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

  • ४. डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल वा मृत्युको डर छैन’

  • ५. ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

  • ६. दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

  • ७. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ८. ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

  • ९. बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

  • १०. मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

नवजात शिशुसहित सुत्केरी तीन दिनदेखि प्रहरी हिरासतमा


  •   मङ्गलबार, कार्तिक २५, २०७७ मा प्रकाशित
  • गुल्मी । तम्घासको चिसो, झन् त्यसैमा सिरेटो चल्न थालेको छ । बिहान–बेलुका मात्रै होइन, दिउँसो पनि हातखुट्टाका औँला चलाउन मुस्किल हुन्छन् । मुटु काँप्ने चिसोमा गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लाकी २८ वर्षीया रमिता भुसाल भने तीन दिनदेखि २९ दिने शिशुसहित जिल्ला प्रहरी कार्यालयको हिरासतमा कष्टकर दैनिकी गुजारी रहनुभएको छ।

    Advertisement

    सोमबार मध्याह्न जिल्ला प्रहरी कार्यालय परिसरमा शिशुलाई घामले सेक्दै गरेकी उहाँले अनाहकमा दुःख पाएको बताउनुभयो। ‘मेरो त केही चिन्ता थिएन, यसलाई केही हुन्छ कि भन्ने डर लागेको छ,’ रमिताले शिशुलाई घाम सेक्दै भन्नुभयो, ‘यस्तो चिसो छ, मलाई नै गाह्रो भएको छ । न्याना लुगाकपडा छैनन्, यसलाई के पो हुने हो ।’

    उहाँले तीन दिनदेखि २९ दिने शिशुसहित प्रहरी हिरासतमा बस्नुको कारण भने बहुविवाहको उजुरी हो । साढे दुई वर्षअघि उहाँको वाग्लाका ३३ वर्षीय मनिराम घिमिरेसँग बिहे भएको थियो । उहाँलाई मनिरामको दोस्रो बिहे हो भन्ने पनि थाहा थिएन । ‘अहिलेसम्म उहाँको बिहे भएको हो भन्ने थाहा थिएन, प्रहरीले पक्राउ गरेपछि मात्रै बिहे गरेको रहेछ भन्ने थाहा पाएँ,’ रमिताले सुनाउनुभयो ।

    २१ कात्तिक बिहान, ४ बजे । बुटवलस्थित उनको कोठा कसैले ढकढकायो । उहाँ शिशुलाई काखी च्यापेर सुतिरहनुभएको थियो । ‘कसले ढोका ढकढकायो भनेर खोलेको त प्रहरी पो रहेछन्,’ रमिताले भन्नुभयो, ‘दुवैजना हामीसँगै जानुपर्छ, हिँड्नुस भनेर बिहान ४ बजे नै ल्याए ।’

    उहाँ २५ असोजमा सुत्केरी हुनुभएको थियो । रगत बग्न पनि रोकिएको थिएन । कतिवेला त हिँडडुल गर्न पनि गाह्रो हुने गरेको थियो । बिहानै प्रहरी आएर पक्राउ गरेपछि भने उनको सातोपुत्लो गयो । ‘म त के गर्ने, के नगर्ने भन्ने पनि सोच्न सकिनँ । प्रहरीले ल्याएपछि खुरुखुरु आएँ,’ रमिताले दुखेसो गर्नुभयो, ‘लुगाकपडा पनि ल्याउन दिएनन् । जस्तो लुगा लगाएकी थिएँ, त्यसमै आए ।’ प्रहरीले उनी र उनका श्रीमान् मनिरामलाई पक्राउ गरेर ल्याएको हो ।

    बुटवलबाट तम्घास करिब डेढ सय किलोमिटर छ । गाडीमा ६ घन्टा लाग्छ । प्रहरीको गाडीले पाँच घन्टामा तम्घास पुर्‍यायो । ‘उसै पनि कमजोर थिएँ, बच्चालाई बोकेर यति टाढा गाडीमा आउँदा झन् शरीरै थिलथिलो भयो,’ उहाँले भन्नुभयो । पाँच घन्टा गाडीको यात्राले उनलाई अर्को समस्या थपिएको छ, रगत झन्झन् बग्न थालेको छ । ‘बुटवल छँदा त अलिअलि बग्थ्यो, अहिले त झन्झन् रगत बन्न थालेको छ,’ प्रहरी हिरासतमा रहेकी रमिताले पीडा सुनाइन्, ‘रगत बग्न रोकिएको छैन, जिउ दुख्छ । मेरो त केही चिन्ता थिएन, चिसोमा बच्चालाई केही हुन्छ कि भन्ने डर लागेको छ ।’

    यस्तोवेला पोसिलो खानेकुरा खानुपर्ने हो । तर, उहाँले भने प्रहरी हिरासतमै खाना खानुपरिरहेको छ । उहाँका आफन्तले बाहिरबाट खाना त ल्याउँछन्, तर होटेलको खाना खानै डर लाग्ने गरेको उहाँले सुनाउनुभयो। उहाँले राति पनि निद्रा नलाग्ने गरेको बताउनुभयो। ‘राति होहल्ला हुन्छ, रक्सी खाएर पक्राउ परेकाहरू पल्लो कोठामा कराइराख्छन् । होहल्लाले बच्चा सुत्दैन,’ उहाँ भन्नुहुन्छ । उहाँका पति मनिराम र उहाँलाई छुट्टाछुट्टै कोठामा राखिएको छ ।

    हुन पनि जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको एउटै भवनमा दुइटा कोठा छन् । एउटामा पुरुष र अर्कोमा महिलालाई राख्ने गरिएको छ । पुरुष हिरासत कक्ष भरिभराउ हुने गरेको छ । प्रहरीले मध्यरातिसमेत पक्राउ गरेर ल्याएकाहरूलाई त्यही हिरासत कक्षमा राख्ने गरेको छ ।

    मनिरामकी जेठी श्रीमतीले दिएको उजुरीका आधारमा दुवैजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रमुख एसपी प्रविणलाल श्रेष्ठले बताउनुभयो। ‘जेठी श्रीमतीले दिएको उजुरीका आधारमा बुटवलबाट गिरफ्तार गरिएको हो । आमाका कारण बच्चालाई अन्याय भएको हामीलाई पनि महसुस भएको छ,’ एसपी श्रेष्ठले भन्नुभयो, ‘कानुनको प्रक्रिया नै त्यस्तै छ । छिटोभन्दा छिटो अदालत पेस गर्ने योजनामा छौँ ।’ अहिले छाड्न नमिल्ने र धरौटीमा छाड्ने या जेल पठाउने अदालतको विषय भएको एसपी श्रेष्ठको भनाइ छ ।

    रमितका परिवारजनले भने प्रहरीले अन्याय गरेको गुनासो गरेका छन् । सुत्केरीलाई कसैको जिम्मेवारीमा राखेर स्याहार–सुसार गर्न पाउनुपर्ने माग गरेका छन् । ‘हामीले छाड्नुस भनेका छैनौँ । हिरासतभन्दा बाहिर तम्घासमै बरु प्रहरीकै निगरानीमा राखेर स्याहारसुसार गर्न दिनुस् भन्दै आएका छौँ,’ रमिताका जेठाजु यमलाल घिमिरेले भन्नुभयो, ‘भाग्ने पनि होइन, भनेको वेला प्रहरीमा उपस्थित गराउँछौँ भनेकै छौँ, तर मानेका छैनन् ।’

    गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले यस विषयले आफू पनि चिन्तित भएको बताउनुभयो । यो जिल्ला प्रशासन कार्यालयको विषय नभएकाले केही भन्न गाह्रो भएको बताउँदै प्रजिअ शर्माले भन्नुभयो, ‘यो प्रहरी र अदालतको विषय भयो, आमा र बच्चाको स्वास्थ्यको ध्यान राख्नुहोला भनेको छु ।’

    नयाँपत्रिका दैनिकबाट ।

    मङ्गलबार, कार्तिक २५, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      ८ करोड ९५ लाखमा पुनःनिर्मित महाङ्काल सत्तल

    • २.
      करदाता उपहार घोषणा, १५ जनाले १–१ लाख

    • ३.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले

    • ४.
      डिसेम्बरमा बंगलादेश फर्किने शेख हसिनाको घोषणा, ‘जेल

    • ५.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ६.
      दाङका वनबाट ५५ नाल भरुवा बन्दुक बरामद

    भर्खरै

    • १.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

    • २.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

    • ३.
      मातृभाषामा सूचना र सञ्चारको पहुँचले लोकतन्त्र सुदृढ हुन्छ : मन्त्री गौतम

    • ४.
      प्यूठानमा ग्यास अभाव : विद्यार्थीका लागि १० प्रतिशत सिलिन्डर छुट्याउन निर्देशन

    • ५.
      बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रण रोकिँदैन : मुख्यमन्त्री आचार्य

    • ६.
      ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी

    • ७.
      ५८ वर्षपछि रोहिणीका २७१ परिवारले पाए लालपुर्जा

    • ८.
      राजस्व विभागको पहिलो उपहार घोषणा, १६ जनाले जिते नगद पुरस्कार

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation