• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

महाधिवेशन सार्न कांग्रेस नेताहरू सहमत


  •   आइतबार, कार्तिक २३, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरू पार्टीको १४औं महाधिवेशन जेठ वा भदौमा सार्न सहमत भएका छन् । केही दिनदेखि नियमित रूपमा बस्दै आएको पदाधिकारीसहित शीर्ष तहका नेताहरूको अनौपचारिक छलफलमा जेठ वा भदौमा महाधिवेशन गर्ने गरी सार्न शीर्ष तहका नेता सहमत भएका हुन् ।

    Advertisement

    कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले आगामी फागुनमा महाधिवेशन गर्न कठिन रहेको निष्कर्षमा पुगिएको र महाधिवेशन सार्ने विषयमा नेताहरू सहमत भएको बताए ।

    ‘महाधिवेशन फागुनमा हुने भन्ने विषय अब कठिन छ, सबै नेताहरू यसमा सहमत हुनुहुन्छ, महाधिवेशनको नयाँ मिति केन्द्रीय समति बैठकले तय गर्छ,’ कांग्रेस सहमहामन्त्री डा. महतले राजधानीसँग भने ।

    पूर्वनिर्धारित केन्द्रीय समिति बैठक स्थगित भए पनि कांग्रेसका नेताहरूबीच आन्तरिक छलफल भने हुँदै आइरहेको छ । बैठकमा पार्टीभित्रको असन्तुष्ट समूहले राखेका मागका विषयमा समेत छलफल जारी छ । तर, कुनै सहमति भने भएको छैन ।

    ‘असन्तुष्ट पक्षका मागमा पनि छलफल जारी छ, उहाँहरूमा आशंका र अविश्वास धेरै देखिएको छ । सभापतिले छलफलबाटै मिलाउने प्रयत्न गरिरहनुभएको छ,’ महतले थपे ।

    सभापति शेरबहादुर देउवाले गठन गरेका विभाग र त्यसमा थपिएका सदस्यहरू, क्रियाशील सदस्यता वितरण, भ्रातृ संस्था र पार्टीका संरचना समायोजनलगायतका विषयमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले विरोध जनाउँदै आइरहेको छ । सो पक्षका २७ केन्द्रीय सदस्यले देउवाको कार्यशैलीको विरोधमा लिखित रूपमै १६ बुँदे असहमति राख्दै आएका छन् ।

    असन्तुष्ट पक्षका नेता नवीन्द्रराज जोशीले सबै विषयलाई प्याकेजमा टुंग्याएर केन्द्रीय समिति बैठकबाट महाधिवेशनबारे निर्णय हुनुपर्ने बताए । उनले महाधिवेशनको प्रक्रिया जतिसक्दो छिटो सुरु गरेर आवश्यक पर्ने नपुग समयलाई सहमतिबाट मिलान गर्न सकिने जनाए ।

    ‘महाधिवेशन प्रक्रिया जतिसक्दो छिटो सुरु गरिनुपर्छ । अलमल गर्ने र लम्ब्याउने भन्दा प्रक्रियामा गएर अपुग समय के कति लाग्छ, सहमतिबाट थप गर्न सकिएला,’ नेता जोशीले भने ।

    कांग्रेसले महाधिवेशनबारे छलफल गर्न २१ कात्तिकमा केन्द्रीय समिति बैठक राखेको थियो । सो बैठक फेरि २४ गतेसम्मका लागि सरेको छ । सो मितिअघि नै आफूहरूले राखेका असहमतिबारे छलफल गरी टुंगोमा पुग्न वरिष्ठ नेता पौडेलले माग गरेपछि सभापति देउवाले पदाधिकारीहरूको अनौपचारिक बैठक राख्दै आएका हुन् । नेताहरूबीच आगामी वैशाख वा जेठमा महाधिवेशन गर्नुपर्ने विषयमा छलफल हुँदै आइरहेको छ । महेश्वर गाैतमले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

    आइतबार, कार्तिक २३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation