राम बहादुर बिश्वकर्मा, प्युठान । लुम्बिनी प्रदेशका सभाषद हरि प्रसाद रिजालले समृद्ध नेपाल निर्माणमा युवाहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ।
राष्ट्रिय युवा संघ नेपाल प्युठानकाे शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा उहाँले विकास,समृद्धि, शान्ति व्यवस्था र स्थायित्वलाई बलियो बनाउन युवा जनशक्तिको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको हो। उहाले देश विकास र देशको मुहार फेर्ने अभियानमा युवालाई समावेश गरेर अगाडि बढ्न जरुरी रहेको उल्लेख गर्नुभयो।

उक्त कार्यक्रममा नेकपा जिल्ला अध्यक्ष तुल्सिराम शर्मा, सचिब कृष्ण अधिकारी प्रकाश, अनेरास्ववियुका केन्द्रिय सदस्य सुमन श्रेष्ठ, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य, नेकपाका जिल्ला सदस्य तथा नेकपाका सुभेस्छुक संघ संघठनका अध्यक्ष तथा प्रतिनिधिहरुद्वारा नवप्रवेशी २ सय २० जना युवाहरुलाई अविर र खादा लगाई पार्टी प्रवेश गराईएको अनेरास्ववियू प्यूूूूठान संंयोजक जेवि क्षेत्रीले कामना डेलिलाई जानकारी दिनुभयो। पार्टी प्रवेश गरेका युवाहरुले देश विकाशमा नेकपाको बिकल्प नभएको बताउदै सुखी नेपाली र समृद्ध नेपालको अभियानमा लामबद्ध हुन नेकपामा प्रवेश गरेको प्रतिक्रिया दिएका थिए।

राष्ट्रिय युवा संघ नेपाल प्युठानका संयोजक सुरज रोका मगर अध्यक्षता,सह संयोजक बिशेक थापाको स्वागत मन्तब्य र सन्चालन अनेरास्ववियु जिल्ला कार्यालय सदस्य दिल बहादुर दसौतीले गर्नुभएको थियो।