काठमाडौं । आफुलाई बिश्व हिन्दु युवा संघको अध्यक्ष भन्दै चन्दा तथा ठगिमा संलग्न भएका सागर थापा बिश्व हिन्दु युवा संघको सदस्य समेत नभएको बिश्व हिन्दु महासंघले बताएका छ।
Advertisement
बिश्व हिन्दु महासंघले एउटा बिज्ञप्ति जारी गर्दै थापा बिश्व हिन्दु महासंघको कुनैपनि जिम्मेवारी नभएको स्पष्ट पारेको हो। बिश्व हिन्दु महासंघका सचीव भक्तराज भुसाल द्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ सागर थापा नामका ब्यक्ति र उनले नेतृत्व गरेको बिश्व हिन्दु युवा संघ अन्तरास्ट्रिय समिती सँग रुपमा पनि यो महासंघसँग कुनै प्रकारको संलग्नता नरहेको सबैको जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ। सागर थापाले बिश्व हिन्दु युवा संघको नाम बेचेर धेरैलाई ठगेको र चन्दा असुलेको समाचार संचार माध्यममा आएपछि बिश्व हिन्दु महासंघले यस्तो विज्ञप्ति जारी गरेको हो।