काठमाडौं । साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता पदमा नियुक्त गरेको छ । “छ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आउनुभएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्तामा नियुक्त गरिएको छ”, सो पार्टीद्वारा शनिबार जारी विज्ञप्तिमा भनिएको छ ।
Advertisement
उनी संघीय निर्वाचनमा पार्टीका तर्फबाट चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका थिए । ग्रामीण विकासमा स्नातकोत्तर गरेका उनी सो पार्टीमा सक्रिय हुनअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए । साथै उनले कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालको समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य भएर काम गरेका थिए ।