काठमाडौं । प्रदेश ५ को सोमवार बसेको प्रदेशसभा वैठकमा काँग्रेसका तीन सांसदहरुले तोडफोड गरेका छन् ।
आफूहरुको विरोधका वावजुद प्रदेशको नाम र राजधानीबारेको प्रस्ताव पेश गर्ने नेकपाको निर्णयपछि काँग्रेसले विरोध जनाएको हो । सोमवारको प्रदेश सभा वैठकमा काँग्रेसका तीन सांसदहरुले कुर्सी र मेच तोडफोड गरिदिएका छन्।
सबैभन्दा पहिले कांग्रेस सांसद वसिउद्दिन खाले कुर्सी उचालेर टेबुलमा प्रहार गर्न थाल्नुभएको थियो ।
त्यसपछि कांग्रेसका सांसदहरू रूपन्देहीका अष्टभुजा पाठक र नवलपरासीका सांसद वैजनाथ कलवारले कुर्सी उचालेर तोडफोड गर्नुभएको थियो। तोडफोडमा उत्रिएका तीनै सांसद प्रत्यक्ष निर्वाचित हुन्। कलवार नवलपरासी पश्चिम २ (ख) बाट निर्वाचित हुनुभएको हो । उहाँ यातायात व्यवसायी समेत हुनुहुन्छ ।सालिन नेता मानिने पाठकले रूपन्देही ४ (क) बाट निर्वाचित सांसद हुनुहुन्छ ।
यस्तै खा पनि निर्वाचित सांसद हुनुहुन्छ । उहाँले रूपन्देही ४ (ख) बाट चुनाव जित्नुभएको थियो ।
यसैबिच,तोडफोडमा संलग्न पार्टीका सांसदलाई नेपाली काँग्रेसले कारबाही गर्ने भएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ को प्रदेशसभामा भएको कुर्सी तोडफोडमा संलग्न हुने सासंदलाई कारबाही हुने बताउनुभएको हो ।