प्रदेशसभा घेराउ गर्ने रूपन्देही कांग्रेसको निर्णय

बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुपन्देहीले प्रदेश राजधानी दाङ सार्ने सरकारको प्रस्तावको विरोधमा आन्दोलन घोषणा गरेको छ ।

शनिबार बुटवलमा बसेको पार्टीको वैठकले सरकारको प्रस्तावविरुद्ध भोलि आइतबार रुपन्देही बन्द गर्ने निर्णय गरेको छ । कांग्रेसले १९ गते प्रदेश सभा घेराउ र धर्ना गर्ने निर्णय गरेको छ । प्रदेशसभामा दाङको भालुवाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव पेश भएको छ र, १९ गते त्यसमाथि छलफल गर्ने तयारी छ ।

कांग्रेसले त्यही दिन जिल्लाभरबाट कार्यकर्ता बुटवल उतारेर सांसदहरुलाई प्रदेश सभा वैठकमा जान नदिने रणनीति समेत बनाएको पार्टी सचिव रामकृष्ण खांणले बताए ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.