• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार ३१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

प्रशासकिय भवन बन्यो, प्रयोग भएन

लोकप्रिय समाचार

  • १. उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

  • २. थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

  • ३. अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

  • ४. राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

  • ५. दाङमा पेस्तोलसहित एक युवक पक्राउ

  • ६. थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

  • ७. गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

  • ८. झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

  • ९. वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

  • १०. गुल्मीमा तीन उत्कृष्ट कृषकलाई सम्मान

नेपालमा पैसाबाट सरिरहेको छ कोरोना


  •   शुक्रबार, असोज १६, २०७७ मा प्रकाशित
  • काठमाडौं। नेपालमा नयाँ संक्रमित सख्या अहिलेसम्मकै उच्च देखिएको छ । बिहीबार एकैदिन १९ सय ११ जना संक्रमित थपिएका छन् । नयाँ संक्रमितमा ६ सय २८ महिला र १२ सय ८३ जना पुरुष छन् । थपसहित ७९ हजार ७ सय २८ जना संक्रमित भइसकेका छन् ।

    Advertisement

    संक्रमित हुनेमा काठमाडौं उपत्यकामा मात्रै ९ सय ४३ जना छन् । त्यसमा काठमाडौंमा जिल्लामा मात्र ८ सय १७ जना छन् । उपत्यकाबाहिरका मुख्य सहरहरुमा पनि फैलिने क्रम बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सुर्खेत, मोरङ, नवलपरासी, चितवनलगायतका जिल्लामा संक्रमण दर बढ्दो छ । कुल संक्रमितमध्ये हालसम्म ५७ हजार ३ सय ८९ पुगेको छ। यो हिसाबले कुल संक्रमितको ७२.९ प्रतिशत मात्र निको भएका छन् ।

    नेपालमा हाल सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० पुगेको छ। तीमध्येमा ११ हजार ६९ जना होम आइसोलेसन र १० हजार ७ सय ६१ जना संस्थागत आइसोलेसनमा छन् । जटिल समस्या भएका २ सय जनाको आइसियु र २५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

    गत २४ घण्टामा १२ हजार ४ सय ४४ वटा नमुना परीक्षण भएको छ भने कुल परीक्षण संख्या १० लाख ३३ हजार ९ सय ४७ पुगेको छ। दैनिक कोरोना संक्रमण र मृत्युदरमा वृद्धि हुँदै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम स्थानका हरेक नागरिकले पूर्ण सुरक्षा मापदण्ड पालना गरी आफू र घरमा रहेका दीर्घरोगी, वृद्ध–वृद्धालाई संक्रमणबाट बचाउन अनुरोध गरेको छ । पछिल्लो चरणमा बढी मात्रामा संक्रमण हुनेमा समूहमा बस्ने, समूहमा काम गर्ने, बैंक, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, दैनिक तरकारी बजारमा आवात–जावात गर्नेहरू रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए। ‘यी ठाउँमा काम गर्नेले सुरक्षा मापदण्ड कडाइपूर्वक पालना गर्नुहोला,’ उनले भने ।

    पैसाबाट कोरोना सर्छ
    कोरोना भाइरस मानिसको शरीरभित्रबाहेक सतहमा पनि केही समय जीवित रहने हुनाले भाइरस रहेको वस्तु तथा पैसाबाट पनि सर्ने चिकित्सकले जनाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जारी गरेको भिडियामो डा. कृष्णा मल्ल वैद्यले कोरोना संक्रमित व्यक्तिले चलाएको पैसामा पनि कोरोना हुने भएकोले पैसा चलाएपछि साबुनपानीले हात धुने या राम्रोसित सेनिटाइजरको प्रयोग गर्न सुझाएकी छिन् । नागरिक दैनिकबाट

    शुक्रबार, असोज १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी
    चरन खोज्न लेकमा भेडीगोठाला

    लोकप्रिय

    • १.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित

    • २.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ३.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ४.
      राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

    • ५.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • ६.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    भर्खरै

    • १.
      दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

    • २.
      गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

    • ३.
      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

    • ४.
      प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

    • ५.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • ६.
      दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

    • ७.
      गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

    • ८.
      लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation