काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न राजनीतिक नियुक्ति गरेको छ । बैठकले नेपाल कृषि अनुसन्धान परिषद् ‘नार्क’को कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषद्को निर्णय अनुसार इजरायलका लागि नेपाली राजदूत डा.अञ्जान शाक्यले सम्झौता गर्ने अख्तियारी प्राप्त गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा आज आइतबार दिउँसो १२ बजे मन्त्रिपरिषद् बैठक डाकेका थिए। सदाजस्तो सोमबार र बिहिबार मात्रबस्ने मन्त्रिपरिषद्को बैठक आइतबार नै बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको थियो ।
यस्तै आजको मन्त्रिपरिषद्को बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता हुने भएको र सोको सम्झौताको अख्तियारी त्यहाँका नेपाली राजदुत अञ्जान शाक्यलाई प्रदान गरेको छ ।
आजको आकस्मिक डाकिएको मन्त्रिपरिषद् बैठकमा मन्त्रिमण्डल हेरफेरको कुनै कुरा नउठेको बैठकमा सहभागी एक मन्त्रीले सुनाए ।