राप्रपाको झण्डामा गाई, चुनाव चिन्ह हलो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनाव चिह्न हलो र गाई अंकित झण्डा राखेर दल दर्ता गर्ने भएको छ ।

धुम्बराहीमा मंगलबार बसेको कार्यसम्पादन समितिको संयुक्त बैठकले चुनाव चिन्ह र झण्डाबाटे निर्णय गरेको राप्रपाका नेता मोहन श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार दल दर्ताका लागि केहीवेरमा निर्वाचन आयोगमा जाने भएको छ ।२४ फागुन २०७६ मा कमल थापा, पशुपतिशम्शेर राणा र डा। प्रकाशचन्द्र लोहनी गरी पार्टी एकीकरण घोषणा भएको थियो । पार्टी एकीकरण भए पनि चुनाव चिन्हको विषयमा भने सहमति हुन सकेको थिएन ।

चुनाव चिन्हको बारेमा टुंगो लगाउन सोमबार पनि कार्यसम्पादन समितिको बैठक बसेको थियो । हलो साविक राप्रपा संयुक्तले प्रयोग गर्दै आएको चिह्न हो । श्रेष्ठका अनुसार एकता महाधिवेशन आगामी वैशाख २५–२८ गते विषयमा पनि सहमति जुटेको छ ।

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.