काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक सम्पन्न भएको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले पार्टी अध्यक्ष एबंम प्रधानमन्त्री केपी ओली सरकारको काममा केन्द्रीत हुने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कार्यकारी अध्यक्षको भूमिका सहित पार्टीको नेतृत्वमा रहने निर्णय भएको छ । बैठकले सरकारले गरेका सकरात्मक कामहरुलाइ आत्मसाथ गर्दै अगाडी बढ्ने निर्णय गरेको छ ।बैठकले सरकारको काम कारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर महत्वपूर्ण मुद्धा र विषयमा भने पार्टीसँग समन्वय गरेर मात्रै निर्णयमा पुग्ने निर्णय गरेको छ ।
यस्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीलाई संशोधन र परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय गरेको छ ।
संशोधन गर्दा वरिष्ठ नेता झलनाथ खनाल नेतृत्वको कार्यदलले दिएको सुुझाव अनुसार पार्टीमा छलफल गरेर निर्णय गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन् ।