काठमाडौं । भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।
महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३ सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गरेर सप्तऋषिको पूजा आराधना गर्ने गर्दछन् ।तीजको व्रत एवं पूजा आराधना महिला–पुरुष दुवैले गर्ने शास्त्रीय परम्परा वचन रहेपनि ऋषिपञ्चमी कर्म भने महिलाले मात्र गर्ने प्रचलन छ । रजस्वलाका समयमा छाई छुई लगायत कुनै त्रुटी भएको भए ऋषिपञ्चमीको दिन अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ ।
ऋषिपञ्चमीका दिन काठमाडौँको टेकु, मूलपानी लगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजा आराधनाका लागि श्रद्धालु महिला भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोनाबाट बच्न जारी निषेधाज्ञाका कारण मन्दिरमा गएर पूजा गर्न रोक लगाइएको छ ।
सप्तऋषिको पूजा आराधना गरी आज ऋषिपञ्चमी मनाइँदै
सप्तऋषिको पूजा आराधना गरी आज ऋषिपञ्चमी मनाइँदै
Advertisement
तपाईको प्रतिक्रिया