काठमाडौँ । बर्दियामा निषेधाज्ञा जारी गरिएको छ। समुदायमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि निषेधाज्ञा जारी गरिने भएको छ ।
जिल्ला स्तरमा बैंक कर्मचारी, जनप्रतिनिधि लगायत थुनुवामा समेत कोरोना पुष्टि भएपछि स्थानीय प्रशासनले पाँच दिनका लागि जिल्लामा निषेधाज्ञा जारी गरेको हो ।जिल्लामा समुदाय स्तरमा कोरोनाभाइरस संक्रमण भएपछि यस्तो निर्णय गरेको जिल्ला प्रशासन बर्दियाले जनाएको छ ।साउन २५ गते आइतवारदेखि २९ गते बिहीवार ५ दिनसम्म अत्यावश्यकबाहेक सम्पूर्ण गतिविधि निषेधित गर्ने जिल्ला कोभिड—१९ व्यवस्थापन केन्द्रको निर्णय अनुसार सूचना सार्वजनिक गरिएको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै सेवाहरु निषेध गरिएको हो । सुरक्षा, स्वास्थ्य, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, सूचना तथा सञ्चार, भन्सार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स तथा शव बोक्ने गाडी, दमकल, औषधि, तरकारी तथा फलफूल जस्ता अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा निषेध गरिएको हो ।अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कने व्यक्तिले न्युनतम भौतिक दूरीसँगै मास्क लगायत आधारभूत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने छ । निषेधाज्ञा उल्लंघन गरे कारवाही हुने जनाइएको छ ।
समुदायमा कोरोना फैलिएपछि बर्दियामा निषेधाज्ञा
समुदायमा कोरोना फैलिएपछि बर्दियामा निषेधाज्ञा

Advertisement
तपाईको प्रतिक्रिया