बर्दिया। बर्दिया जिल्लाका विभिन्न स्थानमा गरी २५० भन्दा बढी घर डुबानमा परेका छन् ।
जिल्लाको राजापुर,ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिका अन्तगर्तका विभिन्न नदी तथा खोला–नालाहरु भरिएर बस्ती डुबानमा परेका हुन् । बाढिका कारण जोखिमयुक्त अवस्थामा रहेका व्यक्ति तथा समुदायलाई सुरक्षित स्थानमा सारिएको प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बताउनुभयो । कर्णाली नदीमा पानीको बहाब बढेसँगै आएको बाढीबाट बर्दियाको राजापुर नगरपालिका वडा नम्बर–१ सबैभन्दा बढी प्रभावित बनेको छ । सो वडाका झन्डै ९० घर डुबानमा परेका छन् ।
Advertisement
यद्धपी बाढीबाट अहिले सम्म कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको हो।