बाग्लुङ । बाग्लुङमा बाढी र पहिरोमा परी चार जनाको मृत्यु भएको छ।
साेमबार राति आएको पहिरोले बाग्लुङको तमानखोला गाउँपालिका–२ का पालबहादुर विकको घर पुरिंदा उनका १३ वर्षीय छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको मृत्यु भएको हो। पहिरोमा परि पालबहादुरकी श्रीमती होमकुमारी गम्भीर घाइते भएकी छिन । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै,निसीखोला गाउँपालिका वडा नंवर १ मा एक घर पहिरोले पुरिंदा पाँच वर्षीया समीर परियारको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही गाउँपालिकामै अन्दाजी ६० वर्षीया एक महिलाको शव खोलाको छेउमा फेला परेको छ । प्रहरीका अनुसार उनको पहिचान खुलेको छैन।
Advertisement