• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

बडीमालिकामा पुग्यो फोर–जी सेवा

चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

लोकप्रिय समाचार

  • १. सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो

  • २. जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ

  • ३. तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’ सार्वजनिक

  • ४. रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने

  • ५. ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

  • ६. शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

  • ७. १८ वर्षमा १८ किलोमिटर मात्रै सडक, कहिले चढ्लान् मुगुमकार्मारोङवासी गाडी?

  • ८. सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

  • ९. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • १०. हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

कमैया मुक्तिको २१ बर्ष : समस्या ज्यूँका त्यूँ


  •   शनिबार, साउन ०३, २०७७ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । नेपाल सरकारले कमैयाँ मुक्तिको घोषणा गरेको २१ बर्ष पुगेको छ । मुक्ति दिवसका अबसरमा मुक्त कमैयाँहरु खुसी साटासाट गर्ने साटो कार्यक्रम गरि दुख बिसाउने गर्छन् । मुक्ति दिवसका अबसरमा हरेक बर्ष मुक्तकमैया समाज दाङले कार्यक्रम गर्छ । त्यहाँ सरकारको प्रतिनिधित्व गर्ने उच्च अोहोदाका प्रतिष्ठित ब्यक्ति तथा प्रमुखहरु पनि उपस्थित हुन्छन् । उनिहरुको सामु मुक्त कमैयाँहरुले आ-आफ्नो दुख पोख्दै जति लडेपनि हक अधिकारबाट बञ्चित हुनुपरेको गुनासो पोख्छन् ।

    Advertisement

    मुक्त कमैया समाज र कमैया महिला जागरण समाज दाङ्गले शुक्रबार दाङ्को लमहीमा मुक्त कमैया दिवसको अबसरमा अन्तरकृयात्मक छलफल कार्यक्रमको आयोजना गर्यो ।सोही अबसरमा कमैया मुक्तिको २१ बर्ष पुग्दापनि हक अधिकारबाट बञ्चित हुनुपरेको दाङ्को घोराही उपमहानगर पालिका वडा नम्बर १६ निवासी साबी चौधरीले गुसोअ पोख्नुभयो । ‘सरकारले हामीलाई सधै पक्षपात गर्यो, कमैया मुक्तिको घोषणा गरेर मात्र हुन्छ । उनिहरुको लागि गरिखाने र सुरक्षित बासस्थानको ज्ञारेन्टी हुनुपरेन भन्दै चौधरीले आक्रोश पोख्नुभयो । सरकारले मुक्त कमैयाहरुलाई छुट्टै देशको नागरिक सरह पक्षपात गरेको उहाँले महसुस गर्नुभयो ।त्यस्तै लमही नगरपालिका ४ घुम्ना निवासी रामबुझाउन चौधरी बसेको जग्गा स्कुलको रहेको र बारम्बार हट्नुपर्ने भन्दै टर्चर आउने गरेको गुनासो पोख्नुभयो । सरकारले सुरक्षित बासस्थानको ज्ञारेन्टी नगरिदिँदा मुक्त कमैयाहरु बर्सेनि यस्ता समस्या झेल्दै आईरहेको उहाँको बुझाई छ । आफूहरु पनि नेपालको नागरिक रहेको भन्दै उहाँले सबैको हक अधिकार सरह आफुहरुले पनि पाउनु पर्ने माग राख्नुभयो ।

    २४ सय बढी लागत लिन बाँकि, पाएको जग्गा नचिन्दा थप सास्ती 

    दाङमा मुक्त कमैयाको सँख्या ३ हजार ८ सय ६२ जना मध्य २ हजार ४ सय ३६ जनाको अझै लागत लिन बाँकी छ । दाङ्गको घोराही उपमहानगर पालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका, लमही नगरपालिका र राजपुर गाउँपालिकामा गरि ३ सय २ जनाले मात्र रातो कार्ड पाएका छन् । त्यस्तै ४ सय ३ जनाले निलो कार्ड, ३ सय २४ ले पहेँलो कार्ड र ३ सय ९७ जनाले सेतो कार्ड पाएका छन् । हालसम्म जिल्लामा ६ सय ८८ जनाले मात्र लालपुर्जा पाएका छन जसमध्य १७ जनाले आफ्नो जग्गा नै पहिँचान गर्न नपाउँदा समस्या झेलिरहेका छन् । राप्ती गाउँपालिकाका ५ जना, लमही नगरपालिकाका १० जना र घोराही उपमहानगर पालिकाका २ जनाले आफ्नो जग्गा नचिन्दा समस्यामा परेका हुन् ।

    सरकारले व्यवस्थित बसोवासको कार्यक्रम अघि सारेको छ : साँसद

    कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य सांसद इन्द्रजित थारुले मुक्त कमैया, भूमिहीन, सुकुम्बासीको समस्या समाधान गर्न पुरानो भूमि नीति खारेज गरेर नयाँ भूमिनीति कार्यान्वयन गरिने बताउनु भयो । मुक्त कमैयाका समस्या समाधानका लागि केन्द्र र प्रदेशमा आफू लडिरहेको बताउँदै उहाँले कतिपय समस्या समाधान भईसकेको र अन्य समस्या प्रक्रियामा रहेका कारण ढिलाई भएको जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थारुले मुक्त कमैया, भूमिहीन, सुकुम्बासीको समस्या समाधान गर्न सरकारले व्यवस्थित बसोवासको कार्यक्रम अघि सारेको बताउनु भयो ।कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सांसद रेवती रमण शर्माले भूमिको समस्या समाधान गर्न सरकारले कदम चालेको बताउनु भयो । ‘मुक्त कमैया हाल बसिरहेको ठाउँमा एक पटकलाइ पुर्जा दिनेगरी काम हुदै छ’प्रदेश सभा सदस्य शर्माले भन्नुभयो–‘बसोवासको आधारमा पुर्जा दिनुपर्छ भनेर केन्द्रमा काम भैरहेको छ ।’ कार्यक्रममा सहभागी प्रदेश सभा सदस्य सांसद रेवतीरमण शर्मा र इन्द्रजित थारुलाइ विभिन्न माग समेटिएको ज्ञापन पत्र समेत बुझाइएको थियो ।

    लागत लिन छुट मुक्त कमैयाहरुको तत्काल लागत लिन माग गरिएको छ । लागत लिएका मुक्त कमैयालाई यथासिघ्र परिचयपत्र वितरण गरि पुनर्स्थापना गर्न सरकार समक्ष माग राखिएको छ ।
    जग्गा, घर निर्माणको लागि आवश्यक काठ र नगद तुरुन्त उपलब्ध गराउन अधिकार सम्पन्न राजनीतिक संयन्त्र निर्माण गरेर पुनर्स्थापनाको कार्य अघि बढाउनु पर्ने, मुक्त कमैया परिवारमा कम्तीमा एक घर एक रोजगार कार्यक्रम अनिवार्य लागू गर्नुपर्ने लगायतका माग राखिएको छ ।

    कमैया मुक्त भएपनि सरकारी सेवा सुबिधाबाट बञ्चित छौ : अध्यक्ष चौधरी 

    कार्यक्रममा मुक्तकमैयाँ समाज दाङका अध्यक्ष हरिचन्द्र चौधरीले दाङ्गका सबै मुक्त कमैया मध्य आधा भन्दा बढि मुक्त कमैयाहरू सरकारी सेवा सुबिधाबाट बञ्चित हुनुपरेकोमा गुनासो ब्यक्त गर्नुभयो । लागतमा परेका दाङका १ हजार ४ सय २६ मुक्त कमैयाँलाई बर्गिकरण गरेर सरकारले सेवा सुविधा उपलव्ध गराउँदै आएपनि आधा भन्दा बढी मुक्तकमैयाँको लागत लिन छुटेका कारण सरकारी सेवा सुविधाबाट बन्चित हुनु परेको अध्यक्ष चौधरीले जानकारी दिनुभयो । मुक्ति दिवशको अबसरमा आयोजित कार्यक्रममा बोल्दै समाजका जिल्ला अध्यक्ष चौधरीले सरकारले छुट मुक्त कमैयाको लगत संकलन गरेर परिचय पत्र वितरण गरेमा केही हद सम्म समस्या समाधान हुने बताए । “सरकारले मुक्त कमैयाको लागत लिएर परिचय पत्र वितरण गर्नुपर्ने जरुरी छ, मुक्त कमैयालाई थप बढुवा बनाउने काम भएको छ चौधरीले भन्नुभयो-जग्गा दियो, पुर्जा पनि दियो तर, पुर्जा कतै धितो राख्न नमिल्ने दियो, जसले गर्दा समस्या बल्झिएको छ, यो फुकुवा हुनुपर्छ ।”

    मुक्त कमैया समाजका जिल्ला अध्यक्ष हरिचन्द्र चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य टेकबहादुर रावत, गढवा–३ का वडा सदस्य छुकान चौधरी, पत्रकार दशरथ घिमिरे, कमैया महिला जागरण समाजका अध्यक्ष कमलमपती चौधरी लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो ।

    शनिबार, साउन ०३, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान
    शान्तिश्री परियार र सन्तोष परियारको स्वरमा तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
    पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार
    हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

    लोकप्रिय

    • १.
      सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक

    • २.
      जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री

    • ३.
      तीजको लहरमा कल्पना कुसुमको ‘मै राम्री भएको’

    • ४.
      रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी

    • ५.
      ‘हामीले नोटबन्दीबारे सोचेका छैनौँ’ : अर्थमन्त्री वाग्ले

    • ६.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री

    भर्खरै

    • १.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • २.
      एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

    • ३.
      गुल्मी अस्पतालमा बढ्दो बिरामीको चाप

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

    • ५.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ६.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

    • ७.
      हेटौंडा कपडा उद्योग चलाउन भाडा बक्यौता उठाउने

    • ८.
      शिक्षा ऐन चाँडै टुंगोमा पुग्छ : शिक्षामन्त्री पोखरेल

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...