झईन्द्र भण्डारी, प्यूठान । भालुबाङ रोल्पा सडकखण्डमा खाल्डाखुल्डी धेरै छन् । पानी पर्नासाथ खाल्डाखुल्डी पानीले भरिन्छन् । यसै सडक अन्तर्गतको बाटुलेमा पानी जमेर पोखरी बनेको महिनौ बितिसक्यो । पानी जमेको ठाउमा खाडलहरू बनेका छन । दुवैतर्फ भेलको लेदो बसेर पुरै चिप्लो छ । सवारीसाधन आवत जावत गर्न निकै कठिन छ । जसले दुर्घटनाको जोखिम बढाएको छ । तर, सरोकारवालाहरु भने आँखा चिम्लेर बसेका छन। सडक मर्मतमा खासै चासो कसैले पनि देखाएका छैन्न।
सडक माथीबाट आउने वर्षे भेलले निकास नपाउदा यस्तो समस्या आएको स्थानिय बताउछन। त्यति मात्र होइन, यहि सडककण्ड अन्तर्गत सोढमा पनि उस्तै समस्या छ । बलाङतर्फ माडिखोला झर्ने मोटरबाटोले मुख्य सडक साँघुरो बनाउदा दोहोरो गाडी चल्नै नसक्ने अबस्था छ । भालुबाङ – प्युठान हुँदै रोल्पा जोड्ने कालोपत्रे सडक पनि दबेको छ । भिङ्ग्री बजार र जलुके बिचको जारीखोला सडक झन जीर्ण छ । जलुके नल्सी जोड्ने पक्कीपुल निर्माणको क्रममा भएको सडकको दुराबस्थातिरको ध्यान कसैको छैन । सडकको पिच उम्किएर लामालामा घाँटी तथा खाडल बनेका छन ।सडक विभागले ठेकेदारलाई जिम्मेवारी ठान्छ ठेकेदार कम्पनीले काम सम्पन्न भएपछि भन्छन । पुल निर्माण कार्य सुरू भएको चार वर्ष भयो अहिले सम्म ४० प्रतिशत काम पनि भएको छैन । वर्षौदेखि सडकको अवस्था दयनीय छ । स्थानीय
सरकारले सडक विभाग तर्फ जिम्मेवारी सोझ्याउछ भने सानातिना काम स्थानीय सरकारले पनि गर्नु पर्ने जानकारहरूको बुझाई छ ।अब पनि सडक मर्मतमा ध्यान नदिने हो भने आउदो दिनमा ठूलो दुर्घटना निम्ताउन सक्ने स्थानीयको भनाई छ।