टेकबहादुर पुन, दाङ । लमहीमा दलित तथा बिपन्न बर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण गरिएको छ ।
लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले अर्जुन आधारभुत बिद्यालय हसनापुरमा अध्ययनरत ६० जना विद्यार्थीहरुलाई छात्रबृत्ती स्वरुप स्कुल ब्याग, कलम कापी बितरण गरेको हो । बिद्यार्थीको पढाइ प्रतीको रुचि अभिबृद्दी गर्न दलित तथा बिपन्न बर्गका बिद्यार्थी हरुलाई छात्रबृत्ती बितरण गरिएको वडाध्यक्ष मोहन गिरिले बताउनु भयो । ‘आर्थिक अबस्था कमजोरीका कारण सबैले आबस्यक्ता अनुसारका सामाग्री किन्न सक्नु हुँदैन’ अध्यक्ष गिरीले भन्नुभयो-‘जसले गर्दा बिद्यार्थीको पढाइ प्रतीको रुचि घट्न सक्छ, तसर्थ दलित तथा बिपन्न बर्गका विद्यार्थीहरुलाई स्कुल सामाग्री बितरण गरेका हौँ ।’
स्कुल सामाग्री पाएकोमा विद्यार्थी तथा अभिभावकले खुसी ब्यक्त गरेका थिए । प्रत्यक विद्यार्थीलाई एउटा स्कुल ब्याग, एक दर्जन कापी, बल पेन र एक दर्जन पेन्सिल बितरण गरिएको हो ।
आर्थिक बर्ष २०७६/०७७ को १ लाख रकम खर्च गरेर दलित बर्गका २३ जना र बिपन्न बर्गका ३७ जना विद्यार्थीहरुलाई स्कुल सामाग्री बितरण गरिएको छ । कार्यक्रमको सञ्चालन कार्यालयका वडा सचिब अच्युत ज्ञवालीले गर्नुभएको थियो ।