अर्घाखाँची । अर्घाखाँचीमा छ दिन देखि सलहले नछाडेपछि स्थानीयहरु हैरान भएका छन् ।
स्थानीयले थाल ठटाउँदै आगो बालेर सलह धपाउन गरेको प्रयास पनी असफल भएको छ। जिल्लामा सलह किरा नियन्त्रणमा आउन सकेको छैन । अहिले सम्म सन्धिखर्क, शितगंगा, भूमिकास्थान नगरपालिका क्षेत्रमा सलहले आतंक नै मच्चाएको छ। त्यस्तै छत्रदेव, मालारानी र पाणिनि गाउँपालिका क्षेत्रमा पनि हुलका हुल सलह देखिएको छ। सलहले जिल्लाभरका मकैबारीमा ५ करोड बढिको क्षती पुर्याएको तथ्याक बाहिर आएको छ। जसअन्तर्गत जिल्लाको शितगंगा ७ जलुकेको ५५ भन्दा बढी घर धुरीमा मकै पुर्ण क्षेती पारेको वडा अध्यक्ष मोहन पन्थीले जानकारी दिनुभयो ।यस्तै छत्रदेव गाउँपालिका लगायतका क्षेत्रमा पनि बढी क्षेती पुराएको कृर्षी ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख देवेश कुमार मिश्रले जानकारी दिनुभयो ।
मिश्रका अनुसार जिल्लामा अहिले सम्म करिव २ सय हेक्टर क्षेत्रफलमा रहेको मकै बाली लगायतका अन्य बालीमा क्षेती पुगेको र तथ्याङक संकलन गर्ने कार्य भैरहेको पनि बताएको छ ।