• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज ११, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • २. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ६. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • १०. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

कक्षा ११ मा यसै वर्षबाट नयाँ पाठ्यक्रम


  •   मङ्गलबार, असार १६, २०७७ मा प्रकाशित
  • काठमाडौं । यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुन नसकेपछि विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ११ मा भर्ना हुने विद्यार्थीले नयाँ पाठ्यक्रमअनुसार अध्ययन गर्नुपर्ने भएको हो ।

    Advertisement

    पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले नयाँ शैक्षिक सत्रबाट कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गरिने जानकारी दिनुुभयो । “त्यसका लागि आवश्यक तयारी भइरहेको छ”, उनले भने । कक्षा १ मा पनि यसै वर्ष नयाँ पाठ्यक्रम लागू गर्ने तयारी छ । त्यसअनुसार अब कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले छ सय पूर्णाङ्कको अध्ययन गर्नुपर्नेछ । नयाँ पाठ्यक्रमअनुुसार अब नेपाली, अङ्ग्रेजी र सामाजिक अध्ययन गरी तीन विषय अनिवार्य पढ्नु पर्नेछ ।

    यसअघि कक्षा ११ मा नेपाली र अङ्ग्रेजी गरी दुई विषय मात्रै अनिवार्य थियो । ऐच्छिक विषय भने तीनवटा नै रहनेछन् । विद्यार्थीले चाहेमा एक सय पूर्णाङ्कको थप एक विषयको परीक्षासमेत दिन पाउनेछन् ।

    अनिवार्य तीनवटा विषयको पाठ्यपुस्तक लेखन कार्य चलिरहेको बताइएको छ । यी विषयका पुस्तक सरकारी छापाखाना जनक शिक्षा सामग्री केन्द्रबाट प्रकाशित हुनेछन् । यसअघि कक्षा ११ को पाठ्यपुस्तक सरकारी प्रयासमा लेख्ने र पुस्तक छाप्नेसमेत गरिएको थिएन । खासगरी कक्षा १२ सम्मलाई विद्यालय तह मानिएपछि अनिवार्य विषयको हकमा पाठ्यपुस्तक लेखाउने परिपाटी सुरु गरिएको हो ।

    ऐच्छिक विषयका हकमा विज्ञहरूलाई पाठ्यपुस्तक लेख्न आग्रह गरिएको र पुस्तक अध्ययन गरी स्वीकृति दिइने जानकारी महानिर्देशक दाहालले दिए । त्यसका लागि असारसम्म पाठ्यपुस्तकको नमुना पठाउने र स्वीकृति लिन सक्ने समयावधि दिइएको छ । यसका साथै कक्षा ११ को अनिवार्य गर्न लागिएको सामाजिक अध्ययनको माध्यमसमेत नेपाली हुने भएको छ । सामाजिकमा नेपाली कला, संस्कृति र मौलिक पहिचानमूूलक विषयवस्तुको पठनपाठनका लागि नेपाली नै उपयुक्त हुने सुझावका आधारमा यस खालको निर्णयमा पुगिएको जानकारी अधिकारीहरूले दिएका छन् ।

    पाठ्यपुस्तक लेखकहरूले भने कक्षा ११ को नयाँ पाठ्यक्रम कार्यान्वयन गरिने निर्णय सामयिक भएको तर पाठ्यपुस्तक लेखनलाई सरकारी स्तरमा मात्रै सीमित गर्न नहुने सुझाव दिएका छन्। पाठ्यपुस्तक लेखक गोविन्द भण्डारीले पाठ्यपुस्तक लेखनमा प्रतिस्पर्धात्मक वातावरण बनाइनुपर्ने स्पष्ट गर्दै यसले विद्यार्थीको ज्ञानको दायरा वृद्धि हुने बताए । गोरखापत्रबाट

    मङ्गलबार, असार १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • २.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • ६.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation