अनिल खत्री, गुल्मी । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको सर्तकता अपानाउन चलेको लडक डाउनले कतिपयको वर्गको दैनिकीमा निकै कष्ट थपिदियो । हुँदा खाने वर्गको निम्ति लकडाउनले निकै नै पिडा बनाइदियो ।
दिनभरि मेलापात गरेर साँझ बिहान चुलो बाल्न संघर्ष गर्नेको निम्ति लकडाउनले निकै नै समस्या थपिदिएको छ । यस्तै समस्या माथी समस्यामा गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० को सिमिचौर की बिमला कुँवर परेकी छन् ।
घरको दैनिकी चलाउनको निम्ति संघर्ष गरेकी ति महिलाको निम्ति लक डाउनकै समयमा भएको सानो घरपनि हावाले उडाइ दिएपछि समस्या परेको हो । श्रीमती छोराछोरीको लागि मिठो खुवाउने आशामा बिदेसिएका श्रीमान एक वर्षदेखि बेपत्ता छन् । श्रीमान भारतमा बेपत्ता हुनु र भएको सानो घर पनि एक साता अघि आएको हावाहुरीले उडाइदिएपछि खानाको निम्ति समस्या परेको पिडित बिमला कुँवरले बताइन् । उनका श्रीमान भारतको पंजावमा एक वर्ष पहिले होटलमा काम गर्न भनि गएका थिए ।
उनि घर परिवारको सम्पर्कमा नआउदा श्रीमतीलाई परिवार चलाउनको निम्ति समस्या थपिएको छ । घरमा साना २ वटा छन् । बच्चाहरु पाल्दै आएकी ती महिला उमेर ३२ वर्षकी हुन् । बस्नको निम्ति वास बनाउने ठाउँ बाहेक अन्य जग्गा जमिन छैन् । घरमा साँझ बिहान चुलो बाल्न दैनिक ज्याला मजदुरी गर्न पर्छ ।
तर ज्याला मजदुरी गर्न अहिले लक डाउनले खासै बोलाउने पनि गर्दैनन् । घरमा श्रीमान नहुनु त्यो माथी पनि कमाउन गएका श्रीमानको अत्तो पत्तो नहुनुले उनिमाथी थप पिडा माथी पिडा थपिदिएको महिलाले बताइन् । हावाले उडाइ दिएको घर छिमेकी मिलेर वस्नको निम्ति वास बनाइदिए पनि खाना खाने, ओडने ओछाउने लगायतका सामाग्रीको समस्या परेकी कुवँरले बताइन् । गाउँका छिमेकीले बाँसले बारेर बस्नको निम्ति घर भएपनि तत्कालै खानको निम्ति समस्या परेको हो ।
लक डाउनको बेला वडा कार्यालयले राहत दिएपनि तत्कालको लागि मात्रै भएको कुँवरले बताइन् । पछिल्लो समय यता कोरोना संक्रमणका बिरामीहरु बढेसँगै यस्तै समस्यामा परेका यस्ता प्रतिनिधी मुलक पात्र हुन् ।
श्रीमान बेपत्ता, श्रीमतीको झुपडीमा वास छैन् खाने गास
श्रीमान बेपत्ता, श्रीमतीको झुपडीमा वास छैन् खाने गास

Advertisement
तपाईको प्रतिक्रिया