काठमाडौँ । गण्डकी प्रदेशमा ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
Advertisement
नयाँ संक्रमितहरु पर्वत, बागलुङ र तनहुँ जिल्लाका रहेका प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङका १० जना, तनहुँका १७ जना र पर्वतका ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।
यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ सय ८० जना पुगेको छ ।