घाेराही । दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या बढदै गएपछि सम्बन्धित स्थान सिल गर्दै कन्टयाक्ट ट्रेसिङको काम थालिएको छ ।
Advertisement
चार दिन दिनमा एक सय ५५ जना कोरोना सङ्क्रमित थपिएपछि कन्याक्ट ट्रेसिङको काम थालिएको हो ।
घोराही उपमहानगरपालिकाको वडा नम्बर ३ को वडा कार्यालय, वडा नम्बर ४ को स्वास्थ्य कार्यालय र वडा नम्बर २ को शहरी स्वास्थ्य क्लिनिक सिल गरिएको उपमहानगरले जनाएको छ ।
स्वास्थ्यकर्मीहरू कोरोनाबाट सङ्क्रमित भएको भेटिएपछि उनीहरू कार्यरत र आउजाउ गरेका तीन वटा कार्यालय सिल गरिएको छ ।