काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त भएका छन्।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। श्रेष्ठ यसअघि प्राधिकरणको निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए।
यसअघि कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्य सरकारद्वारा वैशाख १९ गते जारी अध्यादेशका कारण स्वतः पदमुक्त भएका थिए। त्यसअघि शाक्यलाई अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट हटाएका थिए। सर्वोच्च अदालतको परमादेशपछि शाक्य पुनर्बहाली भएका थिए।
Advertisement