• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

फिफाद्वारा एन्फा निलम्बित

राप्ती र गढवाले ल्याए ढकियामा बजेट

माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

इस्माली समाज यूएईको प्रथम अधिवेशन २८ जुनमा हुदै

लोकप्रिय समाचार

  • १. भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व माग

  • २. हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

  • ३. खुट्टाले लेखेर ३.४० जिपिए

  • ४. यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका ५ गोलकर्ता, पेले शीर्षमा

  • ५. सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल पक्राउ

  • ६. रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व प्रशंसनीय’

  • ७. गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

  • ८. देवनगरमा ५० हेक्टरको ‘टाइगर सेन्चुरी’ बनाउने तयारी

  • ९. वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

  • १०. हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

खोसियो मजदुरको खुसी र धुमधाम बिहे गर्ने सपना


  •   शुक्रबार, जेठ ३०, २०७७ मा प्रकाशित
  • कालिकोट । धुमधामसँग बिहे गर्ने योजना थियो। त्यही सपना पूरा गर्न रास्कोटका मानबहादुर बम र दैलेख गैरागाउँकी राधिका शाही भागेर भारत गए। एक वर्षसम्म दुवैले उतै पसिना बगाए।

    Advertisement

    बिहेका लागि खर्च जुटाएर गाउँ फर्किए । तर यो जोडीको धुमधाम बिहे गर्ने सपना कर्णालीमा बगेको अबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा कालिकोटबाट बिस्नप्रसाद न्यौपानेले लेखेका छन्।

    लालीघाटमा बुधबार भएको टिपर दुर्घटनामा उनीहरूले मुस्किलले ज्यान त जोगाए । तर बिहेका लागि भनेर ल्याएको सबै कमाइ र सामान कर्णालीमा बगेको छ।मानबहादुरले भने, ‘बिहेका लागि भने अढाई तोलासुन, एक लाख ५० हजार नगद र सामान ल्याएका थियौं, सबै टिपरसँगै कर्णालीले बगायो ।’ घर पुगेर धुमधाम बिहे गर्ने योजना तत्कालका लागि तुहिएको उनले सुनाए।

    रास्कोट ३ का धनरूप कुमालको पनि सपना छुट्टै थियो । उनी यो वर्ष पत्नीसहित भारत गएका थिए । धेरै पैसा कमाएर ल्याउने आशमा गत पुसमा उनीहरू भारत गएका थिए । दुईजनाको कमाईले लुगालत्ता तथा खाद्यान्न किन्ने र छोरालाई बोर्डिङ स्कुलमा पढाउने सपना थियो यो जोडीको । खर्च कटाएर ६५ हजार बचाएका थिए । १५ हजारका लुगा किने। तर उनीहरूको सपना पनि कर्णालीमा बग्यो । ‘कपडासँगै ५० हजार उनैले राखेकी थिइन्’, धनरूपले भने, ‘दुर्घटनामा सबै कमाइ बग्यो, उनलाई पनि जोगाउन सकिनँ।’ टिपर दुर्घटना भएपछि जिल्लाका धेरै परिवारको खुसी खोसिएको छ । भारतबाट कमाएर ल्याउने आशमा गएका सबै रित्तो हात भएका छन् । बल्लतल्ल केहीले ज्यान जोगाए पनि सबैको कमाइ नदीमा बगेको छ। लालीघाटमा भएको दुर्घटनामा तीनको मृत्यु भएको छ भने दुईजना बेपत्ता छन् । भारतबाट आएकालाई क्वारेन्टाइनतर्फ लैजाँदै गर्दा ३९ जना चढेको टिपर कर्णालीमा खसेको थियो।

    कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बिहीबार बिहान मृतकका आफन्तसँग पीडितलाई स्थानीय सरकार र प्रदेश सरकारले उचित राहतको व्यवस्था गर्ने आश्वासन दिएका छन्।

    शुक्रबार, जेठ ३०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वर्गद्वारीको स्वादिलो साग : यो साग हो कि घाँसको भारी?
    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी

    लोकप्रिय

    • १.
      भूमि समस्या समाधान समितिमा भूमिहीन–अव्यवस्थित बसोबासीको प्रतिनिधित्व

    • २.
      हुलाक कार्यालय गुल्मीका कर्मचारी भिरबाट लडेर मृत्यु

    • ३.
      खुट्टाले लेखेर ३.४० जिपिए

    • ४.
      यी हुन विश्वकप इतिहासमा सबैभन्दा कम उमेरका

    • ५.
      सुर्खेतमा एमाले कार्यक्रम चलिरहेकै बेला विष्णु पौडेल

    • ६.
      रास्वपाको महाधिवेशनमा गगन थापाको शुभकामना, ‘रविको नेतृत्व

    भर्खरै

    • १.
      हावाहुरीपीडितलाई लायन्स क्लबको २० लाख बराबर राहत

    • २.
      विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस

    • ३.
      अन्तिम वर्षको बजेट : निरन्तरतामै केन्द्रीत, सुशासन ओझेलमा

    • ४.
      वन, वन्यजन्तु र जलाधार व्यवस्थापनमा चुनौती बढ्दो : सरोकारवाला

    • ५.
      फिफाद्वारा एन्फा निलम्बित

    • ६.
      राप्ती र गढवाले ल्याए ढकियामा बजेट

    • ७.
      माग सम्बोधन नभएको भन्दै आठबिसकोटका ३६ करार स्वास्थ्यकर्मीको सामूहिक राजीनामा

    • ८.
      लागू औषध दुरुपयोगविरुद्ध गुल्मीमा सचेतना कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation