सुर्खेत । कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण देखिएको छ । कर्णाली प्रदेशले आइतबार बिहान सार्वजनिक गरेको विवरणअनुसार १८ जना कोरोना संक्रमित थपिएका हुन् ।
प्रदेशका सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा अधिकृत एवम् जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा थप नयाँ १८ जना संक्रमित देखिएको बताउनुभयो ।
नयाँ संक्रमित मध्ये एक जना कालिकोट र १७ जना दैलेखका रहेका छन् । कँडेलका अनुसार कालिकोट शुभकालिका गाउँपालिका ५ का १९ वर्षका पुरुष, दैलेख नारायण नगरपालिका ३, का १६, १९, २९, ४८ र सोही नगपालिका ५ का १८, २४, २५, २८ र ३५ का पुरुष रहेका छन् ।
त्यसैगरी, देवलकाँडा ४ का १८, २०, २०, २२, २२, सिमडा ८ का २६, रातापानी ४ का ३८ राडु ९ का २२ का पुरुष रहेका छन् । यस प्रदेशमा कुल कोरोना संक्रमितको संख्या १२३ जना पुगेका छन् ।