अनिल खत्री , गुल्मी । गुल्मीमा एक कोरोना संक्रमितको सम्पर्कमा आएका ४४ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएको छ ।
धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेललाई कोरोना संक्रमण देखिएपछि उनको सम्पर्कमा आएका ४४ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो ।भैरहवा स्थित प्रयोगशालामा परिक्षण गर्दा उनीहरु सबैको रिर्पोट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यलय गुल्मीका प्रशासकीय अधिकृत एबम् सूचना अधिकारी लक्ष्मण पाण्डेले जानकारी दिए ।
पोखरेल संक्रमित भएपछि जिल्ला समन्वय समिति प्रमुख,स्थानीय तहका प्रमुखहरु,प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रमुखहरु होम क्वारेन्टाइनमा थिए । जिल्लामा मदाने गाउँपालिकामा २ र धुर्कोट गाउँपालिकामा २ जना गरि ४ जना संक्रमित भएका छन् । संक्रमित मध्ये मदाने गाउँपालिकाका एकजनाको उपचारको क्रममा मृत्युु भएको थियोे । संक्रमित ३ जनाको जिल्लामै उपचार भइरहेको छ। उनिहरुको अबस्था सामान्य रहेको छ ।