अनिल खत्री, गुल्मी । गुल्मीमा कोरोना संक्रमित बिरामी फेला परेपछि २ दिनलाई गुल्मी अस्पतालको ओपिडि सेवा बन्द गरिएको छ । जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले कोराना संक्रमितको गाउँपालिकामा चेक जाँचलाई बढाउनु पर्ने भएकाले जेठ ६ र ७ गते गुल्मी अस्पतालको ओपिडी सेवा बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत एबम् सूचना अधिकारी लक्ष्मण पाण्डेयले बताए ।
केरोना संक्रमित जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–६ का ४१ वर्षिया रहेका छन् । मदाने गाउँपालिकाको क्षेत्रलाई जेठ ५ गते साँझदेखि अर्को सूचना जारी नभएसम्मको लागी पूर्ण रुपमा सिल गर्ने निर्णय गरिएको पाण्डेले बताए ।
संक्रमित बिरामी फेलापरेसँगै उनिसँगै निजिकिएकाहरु सबैलाई पहिचाहन गरि आरडिटी र पिसिआर परिक्षण गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । बैठकले तत्काल पिसिआर को भिटिएम उपलब्ध गराउनको लागि प्रदेश नम्बर ५ सरकारसँग अनुरोध गर्ने, जिल्लामा कायम रहेको सिललाई जेठ ६ गते मध्यरातसम्म कायम राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
तोकिएको एरिया सिल गरेको समयमा आवत जावत गर्नेलाई आबश्यकताअनुसार नियन्त्रणमा लिई कानूनी कारवाही अगाडी बढाउने जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत पाण्डेयले बताउनु भयो । संक्रमित व्यक्ति गुल्मी जिल्लामा कोरोना पोजिटिभ देखिने पहिलो व्यक्ति हुन् ।
उनि शिक्षक रहेको बताइएको छ । उनलाई कसरी कोरोना भाइरस सरेको भन्ने खुलेको छैन् । उनिसँग धेरै व्यक्तिहरु सम्पर्कमा रहेकाले सबैको तत्कालै पहिचाहन गरेर चेकजाँचलाई अगाडी बढाइने अधिकृत पाण्डेयले बताए ।
गुल्मी अस्पतालको ओपिडि सेवा २ दिन बन्द
गुल्मी अस्पतालको ओपिडि सेवा २ दिन बन्द

Advertisement
तपाईको प्रतिक्रिया