कपिलवस्तु । कपिलवस्तुमा सोमवार साझ सम्म कोही पनि कोरोना संक्रमित भेटिएको छैन । साझ सम्म १० पालिकाले तयार गरेको ९ सय ७७ क्वारेन्टाईन बेडमा ६ सय ९० जना रहेका छन । हाल सम्म ७ सय ९१ जना क्वारेन्टाईनमा रहेकोमा १ सय १ जना घर फर्किसकेका छन । १९ जना महिला समेत क्वारेन्टाईनमा अझै छन । त्यस मध्ये एक जना महिलासंग काखे बच्चा समेत रहेको प्रशासन कर्यालयका प्रशासकीय अधिकृत मनोज सैनीले जानकारी दिए । एक जना आईसुलशेनमा छन । स्वाब परिक्षणको रिपोटै अझैः आएको छैन । कोरोनाको त्रासका कारण यशोधरा गाउपालिका– ६ की ३६ बर्षिैया कलामुन निशाले सोमबार बिहान अकालमा ज्यान गुमाउनु परेको मृतक महिलाका परिवारको गुनासो छ । रुघा ज्वरो खोकी आए पछि उनलाई तौलिहवा स्थित डाक्टर जाबेदको क्लिनका उपचार गर्न आईबार ल्याईएको थियो । अली बढी बिसन्चो भए पछि त्यहाबाट उनलाई कपिलवस्त अस्पताल लगिएको थियो । बढी बिसन्चो भए पछि उनलई सामान्य उपचार पछि भैरहवा मेडिकल कलेज उपचारकालागि लगियो। मेडिकल कलेजले उनलाई भर्ना गर्न मानेन । त्यहाबाट भीम अस्पताल लगीयो । त्यहाबाट पनि फर्कार्इृयो । बाध्य भएर परिवारले कालामुनलाई फैरी रातारात तौलिहवा अस्पताल ल्याए । सोमवार बिहान कलामनुको ज्यान गयो । वडा अध्यक्ष श्याम नारायाण पाण्ेडयले ज्वरोले थलिलएकी बिरामीले अस्पतालको चक्कर काटदा काटदै ज्यान गुमाउनु पर्यो । कोरोना कै त्रासका बिच अरु थुप्रैले उपाचार नपाई मृत्यु हुने निश्चित रहेको उनले बताए । जिउदो भगवानकारुमा रहेका डाक्टर कोरोनाका कारण आफै असुरक्षित महसुस गरी ज्वरो रुखा खोकी लागेका बिरामीलाई चेकजाच गर्न मान्दैनन । यसले गर्दा अकालमा ज्यान गुमाउनेको संख्या समेत बढदै गएको छ ।
कपिलवस्तु कोरोना अपडेट: ६ सय ९० जना क्वारेन्टाइनमा
कपिलवस्तु कोरोना अपडेट: ६ सय ९० जना क्वारेन्टाइनमा

Advertisement
तपाईको प्रतिक्रिया