• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार १७, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

लोकप्रिय समाचार

  • १. सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक, विष्ट पुनः अध्यक्ष नियुक्त

  • २. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • ३. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ४. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ५. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ६. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • ७. नौबहिनीको बजेट : खेतबारीदेखि सडकबत्तीसम्म विकासको उज्यालो योजना

  • ८. रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

  • ९. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • १०. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

लक–डाउनका कारण अलपत्र नेपालीलाई भारतीयको भोजन


  •   मङ्गलबार, चैत १८, २०७६ मा प्रकाशित
  • काठमाडाैं। भारतको विभिन्न स्थान (दिल्लीबाट आएका अधिकांश) बाट नेपाल फर्कंदा सीमामा अलपत्र परेका नेपालीलाई सीमावर्ती भारतीयले भोजन दिन थालेका छन्।कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सीमाबाट मालवाहक गाडीबाहेक आवतजावत पूरै ठप्प छ। बजार र पसल पनि बन्द छन्। लकडाउन भए पनि अनेक उपायबाट नेपाली घर फर्किन नेपाल-भारत सीमामा आइरहेका छन्। रोजगारीका लागि भारतका गएका नेपाली अझै फर्कने क्रममा छन् । सीमा पुगेका केहीसगँ थोरै रकम छ भने केही बेखर्ची भइसकेका छन्।बालबच्चासहित घर पुग्ने आसमा दिल्लीबाट सीमामा आइपुगेका नेपालीलाई भोकै देखेपछि स्थानीय भारतीयले भोजनको व्यवस्था गरेका हुन्। भोजन वितरणमा भारतीय सुरक्षाकर्मीले पनि सघाएका छन्। नौतनवाका सीओ राजुकुमार साव र महाराजगन्जका उप जिल्ला अधिकारी जसधीर सिंह पनि नेपालीलाई खाना वितरण, व्यवस्थापनमा खटिएका छन्।लकडाउनले दिल्लीमा अलपत्र परेका आफ्ना बासिन्दा ल्याउन उत्तार प्रदेश सरकारले दिल्लीमा एक हजार बस पठाएको थियो। सोही बसमा घर फर्किने आसमा नेपाली पनि नेपाल-भारत सीमामा आइपुगेका हुन्। सीमावर्ती भारतीय बजार सुनौलीको बसपार्कमा करिब ३ सय ७० नेपाली अलपत्र छन्। यीमध्ये करिब २५÷३० जना शनिबार राति आएका हुन् भने बाँकी आइतबार राति आएका हुन्। उनीहरु विभिन्न जिल्लाका छन्। सोमबार दिउँसो २ बजेसम्म उनीहरुलाई मुलुक प्रवेश अनुमति दिइएको थिए।  ‘भारतको विभिन्न सहरबाट आएका नेपाली अहिले सीमावर्ती भारतीय बजारमा छन्,’ रूपन्देहीको इलाका प्रहरी कार्यालय प्रमुख इन्सपेक्टर इश्वरी अधिकारीले भने, ‘हालसम्म उनीहरुलाई मुलुक प्रवेश गर्न दिन हामीलाई निर्देशन आएको छैन।’ सीमामा नेपालीलाई अलपत्र र भोकै देखेपछि खाना खुवाउन थालेको भारतीय बजार सुनौली नगर पञ्चायतका सभासद गुफरान खानले बताए। ‘नेपालीहरु पनि हाम्रै दाजुभाइ दिदीबहिनी हुन्,’ उनले भने, ‘समस्यामा परेर टाढाटाढाबाट राति आइपुगेका नेपालीहरुलाई बिहानसम्म भोकै बसेको देखेपछि हामीले खाना खुवाउन शुरू गरेका होँ।’उनले थपे, ‘वर्षौंदेखि हामी दुई देशका नागरिकबीच सम्बन्ध रहँदै आएको छ। आज हाम्रो देशमा रहेका नेपाली नागरिक समस्यामा परे भनेर हामी भाग्ने होइन सक्दो सहयोग गर्नुपर्छ भन्ने भावनाले अघि बढेका हौँ।’ आइतवार पनि सीमामा अलपत्र परेका नेपालीलाई नेपाल र भारत दुवै देशका स्थानीयले संयुक्त खाना खुवाएका थिए। अन्नपूर्ण पोस्टमा खबर छ ।

    Advertisement

    मङ्गलबार, चैत १८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपालका चौबिस स्थान भासिने खतरामा
    मातृभाषा सिक्दै कुसुन्डा
    प्युठानमा संरक्षण नहुँदा तामाखानी पुरिए
    प्युठानका गाउँ गाउँमा देवाली पर्वको रौनक
    प्युठानको आलमदेवी मन्दिरमा सात दशकदेखी ‘दलित’ पुजारी
    चरन खोज्न लेकमा भेडीगोठाला

    लोकप्रिय

    • १.
      सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक,

    • २.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • ३.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ४.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ५.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • ६.
      शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको

    भर्खरै

    • १.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • २.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ३.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ४.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    • ५.
      मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

    • ६.
      शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

    • ७.
      क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

    • ८.
      प्युठानमा सर्वोदय माविको एसईई नतिजा उत्कृष्ट

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation