दाङ।दाङमा कोरोना भाइरस संक्रमणको आशंका गरिएका ५ जनामै त्यसको लक्षण नरहेको पुष्टि भएको छ ।एक हप्ताअघि प्रदेश ५ सरकारले उनीहरुको स्वाब नमुना परीक्षणको लागि काठमाडौं पठाएकोमा पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।राप्ति विज्ञान प्रतिष्ठानको आइसोलेनमा रहेका पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका कायममुकायम रजिस्ट्रार कैलाश प्रसाद देबले जानकारी दिए ।बुटवलवाट आएको चिकित्सकको टोलिले चैत ९ गते प्रतिष्ठानमा आएको उनीहरुको नमुना संकलन गरेर लगेको थियो । उनीहरुमध्ये २ जनाको बिहीबार रिपोर्ट आएको र तीन जनाको आइतबार रिपोर्ट आएको हो ।रिपोर्ट नेगेटिभ आएपछि सबैलाई डिस्चार्ज गरिएको तर उनीहरु घरमै क्वारेन्टाइनमा बस्नुभने पर्नेछ ।
Advertisement