अराज बेल्बासे, शितगंगा। अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले कोराना भाइरस आशंका भएका ब्यतिहरुलाइ राख्न २५ शैया क्षमताको क्वारेनटाइन निमार्ण गरेको छ । शितगंगा नगरपालिका ४ को ज्योतीमाबिमा नगरपालिकाले २५ शैयाको क्वारेनटाइन निमार्ण गरेको हो । शितगंगा नगरपालिकामा भारत तथा अन्य मुलक बाट आएकालाइ घर मै सुरक्षित रहन र अरुको सम्पर्कमा नआउन आदेश गरेको छ यसको उल्लघन गर्नेलाइ अब क्वारेनटाइनमा ल्याएर राखिने नगर प्रमुख सुर्य प्रसाद अधिकारीले जानकारी दिनु भयो । यस्तै अन्य वडा स्तरमा समेत ५ देखि १० शैयाकोक्वारेनटाइन निमार्ण गर्ने निणर्य भएको नगर प्रमुख अधिकारीले जानकारी दिनु भयो ।
शिततगंगा नगरपालिका भित्र सन्चालनमा भएका एम्बुलेन्सहरुलाई चुस्तु र दूरुस्त अबस्थामा राख्ने निर्णय भएको छ । एम्बुलेन्स आबश्यक पर्दा स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद पौडेल र दामोदर ढकाललाई सम्पर्क गर्न अनुरोध गरिएकोछ ।
हाल बैदेशिक रोजगारबाट फर्किनु भएका ब्यक्तिहरुलाई अनिबार्य क्वारेन्टाइनमा बस्न निर्देशन दिने र बसे नबसेको अनुगमन गर्ने र नियम पालना नगरेको पाइएमा त्यस्ता ब्यक्तिलाई तत्काल नियन्त्रण गरी हाल सन्चालनमा भएको क्वारेन्टाइनमा लगि राख्ने निर्णय भएकोे छ । लकडाउनको पुरा पालना गर्न नगरपालिकाले नगरबासीमा अनुरोध गरेको छ । भार तथा अन्य देशबाट आउनेहरु घर बाहिर आउने तथा समुदायमा घुलमिल भएमा नेपाल प्रहरी तथा नेपाली सेनाले कारवाही गर्ने छ । आज बाट बिभिन्न स्थानमा नेपाली सेनाले समेत अनुगमान सुरु गरेको छ ।
शितगंगामा २५ शैयाको क्वारेनटाइन तयार
शितगंगामा २५ शैयाको क्वारेनटाइन तयार

Advertisement
तपाईको प्रतिक्रिया