टेकबहादुर पुन,दाङ । कोरोना भाईरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी नै यतीबेला जोखिममा छन् । भाईरससँगै लडिरहने भएकाले उनिहरु जोखिममा देखिएका हुन् । स्वास्थ्यकर्मीको स्वास्थ्यका लागि पनि अस्पताल प्रशासनले उच्च सतर्कता अपाउन जरुरी देखिन्छ । त्यसैले दाङ्गको लमही स्थित फ्लोरेन्स अस्पताल प्रालिले अस्पतालमा कार्यरत डाक्टर तथा स्वास्थ्यकर्मी हरुलाई अब अस्पतालमै रहने गरी खान र बस्नको व्यवस्था मिलाएको छ ।विगत चार बर्ष देखि २४ सै घण्टा सेवा सञ्चालमा रहेको फ्लोरेन्स अस्पतालले विश्व्यापी रुपमा महामारी बनेको कोभिड १९ बाट बच्न र बचाउँनका लागि कार्यरत स्वास्थ्यकर्मी हरुलाई यस्तो ब्यबस्था गरेको हो । दिनरात बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको स्वास्थ्य नै जोखिममा पर्ने भएकाले मंगलबार देखि सबै कर्मचारीलाई अस्पतालमा खान बस्नको व्यवस्था मिलाएको अस्पतालका प्रबन्ध निर्देश डा. पुष्प भुसालले जानकारी दिए ।अस्पताल काम गर्ने चिकित्सक लगायत स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा खटिएकाले कोरोना संक्रमणको उच्च जोखिम भएको र घरमा जाँदा परिवारका अन्य सदस्यहरु पनि त्यसको जोखिममा पर्ने भएकाले अस्पतालमै बस्ने व्यवस्था मिलाइएको हो । अस्पतालमा कार्यरत ३ जना एमबिबिएस डाक्टरहरु सहित सबै विभागमा कार्यरत २१ जना स्वास्थ्यकर्मीहरुलाई साविकको ड्युटी समय अनुसार काम गर्ने गरि अस्पतालमा बस्ने व्यवस्था मिलाईएको छ । साथै उनीहरुले आवश्यकता अनुसार आफनो ड्युटी नभएको समयमा पनि बिरामीहरुको उपचारमा खटि सेवा दिने अस्पतालले जनाएको छ ।यस्तै अस्पतामा आउने सेवाग्राहीलाई अस्पताल गेट बाहिर साबुन पानीले हात हात धोई सेनिटाईजर लगाएर तापक्रम मापन गरेर अस्पताल भित्र प्रवेश गर्न व्यवस्था मिलाएको छ भने उक्त कार्य अस्पतालका कर्मचारीमा पनि लागु गरिएको छ ।यस्तै अस्पतालले सात दिन देखि बिदेशबाट आउने व्यक्तिहरुको आ–आफनो टोल छिमेकीमा खोजी गरि उनीहरुको स्वास्थ्य अवस्था अनुसार घरमै सुरक्षित तरिकाले बस्न र ज्वरो, रुघाखोकी लागेमा तत्काल अस्पतालमा कार्यरत चिकित्सकहरु डा.पुष्प भुसाल ९८५७६३१००६, डा. रगनसिंह थापा ९८६०९३३०५९ र डा.अजमेरि खान ९८०५४०७९६६ नम्बरमा सम्पर्क गरी स्वास्थ्य परामर्शका लागि आग्रह गरेको छ । यस्तै लामो समयदेखि फ्लोअपमा रहेका बिरामीहरुले आफुले सेवन गर्दै अाईरहेको औषधीहरुलाई निरन्तरता दिन र आकस्मिक अवस्थामा बाहेक अन्य अवस्थामा अस्पतालमा नआइदिनुहुन अस्पतालले अनुरोध समेत गरेको छ ।
जोखिममा स्वास्थ्यकर्मी, फ्लोरेन्सले गर्यो गास बासको व्यवस्था
जोखिममा स्वास्थ्यकर्मी, फ्लोरेन्सले गर्यो गास बासको व्यवस्था

Advertisement
तपाईको प्रतिक्रिया