ओमप्रकाश गुप्ता,सिसहनियाँ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५,६,७ र ८ का अधिकाशं मेडिकल बन्द भएका छन् । ती वडाका अधिकांश स्वास्थ्यकर्मीहरू कोरोना भाइरसको त्रासले मेडिकलनै बन्द गरेका हुन् । मेडिकल बन्द हुँदा विरामीहरू मारमा परेका छन् विश्व भरि फैलिरहेको कोरोना भाइरसको त्रास जनमानसमा फैलिरहेका बेला स्वास्थ्यकर्मीहरू समेत कोरोना भाइरस सर्ने त्रासमा मेडिकल बन्द गरेको सत्यसाई मेडिकल हलका सञ्चालक तथा स्वास्थ्यकर्मी ईश्वरीप्रसाद अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार मेडिकलहरूमा स्वास्थ्यकर्मीलाई चाहिने अति अावश्यक सामाग्री नहुँदा विरामी चेकजाँच गर्न नसक्दा मेडिकलनै बन्द गरि बस्नु परेको बताए । विरामीलाई खुल्ला हातले छुँदा अाफु नै जोखिममा पर्ने भएकाले मेडिकल बन्द गर्नु परेको उनले बताए । ती वडामा ११ वटा मेडिकल छन् । ११ वटा मेडिकल मध्ये चलेका र भिडभाड हुने मेडिकल नै बन्द हुँदा त्यसको मार विरामीहरूले खेप्नु परेको छ । नेपाल सरकारले समेत देशलाई लकडाउन गर्दा मेडिकल सम्म पुग्न एउटा समस्या त छदै छ अार्को तर्फ मेडिकल बन्द हुँदा अाफुहरू दोहोरो समस्या परेको एक विरामीले गुनासो गरेका छन् । यस विषयमा स्वास्थ्यकर्मीहरू सँग बुझ्दा सरकारले अावश्यक सामाग्री उपलब्ध गराए पुर्णरूपमा सेवा दिन तयार रहेको बताएका छन् ।
स्वास्थ्यकर्मीलाई कोरोनाको त्रास:अधिकांश मेडिकल बन्द
स्वास्थ्यकर्मीलाई कोरोनाको त्रास:अधिकांश मेडिकल बन्द

Advertisement
तपाईको प्रतिक्रिया