अनिल खत्री, गुल्मी । विश्वव्यापी रुपमा फौलिएको कोरोना भाइरसको अवस्थालाई मध्यनजर गदै गुल्मी जिल्लामा पनि उच्च सर्तकता अपानाउन बिशेष छलफल भएको छ । जिल्लामा विपत व्यवस्थापन सम्बन्धी छलफलमा विश्वव्यापी रुपमा फौलिएको कोरोना भाइरसबाट उच्च सर्तकता अपनाउनको लागि बिशेष निर्णयहरु गरिएको हो । विश्वव्यापी रुपमा फौलिएको कोरोना भाइरसबाट उच्च सर्तक रहनको लागि गुल्मी जिल्लामा पनि सचेतना मुलक बिभिन्न क्रियाकलापहरु गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको अध्यक्षतामा र जिल्ला समन्वय समितिका प्रमुख लक्षमण पराजुलीको प्रमुख आतिथ्तामा गरिएको कार्यक्रममा विश्वव्यापी रुपमा फौलिएको कोरोना भाइरसबाट उच्च सर्तक रहनको लागि सचेतना मुलक कार्यक्रमहरुमा जोड दिइएको हो ।
जिल्लाका २ वटा नगरपालिका १० गाउँपालिकाका प्रमुख तथा उपप्रमुख र जिल्लाका सक्रिय राजनितिक दलका प्रतिनिधि तथा पत्रकारको उपस्थितिमा सचेतना मुलक कार्यक्रम गर्ने निर्णयहरु गरिएको थियो । छलफलमा स्थानिय तहको सरकारले मात्र कोरोना भाइरस सम्बन्धी काम गरेर मात्र हुदैन सम्पूर्णले आफनो सुरक्षा आफै गर्नु नै राम्रो हुने भएकाले पहिला सचेत हुन आवाश्यक रहेको सहभागिको जोड थियो ।
कोरोना भाइरसको बारे जानकारी र उपचारको लागि गुल्मीका स्थानिय तहमा हेल्प डेक्स स्थापना र आबश्यक सूचना र उपचारको व्यावस्थापन गर्ने भएका छन् । जिल्ला स्थित सम्पूर्ण पालिकाहरुले आबश्यक औषधी व्यावस्थापन र सचेतना मूलक कार्यक्रमहरु गर्ने निर्णय गरिएको भएको छ । त्यस्तै जिल्ला अस्पताल गुल्मीले औषधी व्यवस्थापन लगायत आइसुलेसन वार्डको व्यावस्था गर्ने निर्णय गरिएको छ । रुरु क्षेत्र गाउँपालिको संयोजनमा रिडी, रेसुङ्गा नगरपालिकाको संयोजनामा नेटा, मदाने गाउँपालिकाको संयोजनमा पुर्कोट, मुसिकोट नगरपालिकाको संयोजनामा वामी, चन्द्रकोट गाउँपालिकाको संयोजनमा शान्तिपुरमा हेल्प डेक्स स्थापना गरिने भएको छ । छिमेकी मुलुक भारतबाट सिधै गुल्मी आउने सवारी साधनका यात्रुलाई रिडीको हेल्प ठेक्समा अनिवार्य रुपमा चेकजाँच गरिने निर्णय भएको छ । नगर तथा गाउँ पालिकाका प्रमुखहरुले आफनो स्थानिय तहमा कोरोना भाइरस भित्रन नदिन सचेतना मुलक कार्यक्रम, हेल्प डेक्स तथा बिभिन्न सचेतना मुलक कार्यक्रम गरिने भएको छ ।
जिल्लाका सबै कार्यालयको प्रवेशद्वारमा साबुन पानीले हात धुने व्यवस्था मिलाउने,सार्वजनिक स्थानमा स्थानीय सरकार तथा विभिन्न संघसंस्थाको सहयोगमा हात धुने पानी र साबुनको व्यवस्था गर्ने, अत्यावश्यक काममा बाहेक स्वास्थ्य र अत्यावश्यक सेवाका कर्मचारीहरूलाई काज तथा बिदा नदिने, सबै स्वास्थ्य संस्थाहरुमा आवश्यक औषधीको व्यवस्थापन गर्ने जस्ता निर्णयहरु गरिने भएको छ ।
जिल्लामा तत्काल प्रयोग गर्ने गरी एम्बुलेन्स तैयारी अवस्थामा राख्ने, भ्रामक र बिना आधारका समाचार राख्ने उपर निगरानी राखी कानूनी कारवाही गर्ने निर्ण गरिएको छ ।
गुल्मीमा कोरोना रोकथामका लागि उच्च सर्तकता अपनाइने
गुल्मीमा कोरोना रोकथामका लागि उच्च सर्तकता अपनाइने

Advertisement
तपाईको प्रतिक्रिया