अनिल खत्री, गुल्मी। बिश्व व्यापी रुपमा फैलिरहेको कोरोना नोबेल भाईरसबाट हुनसक्ने महामारीलाई ध्यानमा राखेर गुल्मीका बिद्यालयहरुका सचेतना कक्षाहरु सञ्चालन भएका छन्। जिल्ला सदरमुकाम तम्घासमा रहेको उपल्लो तम्घास माध्यमिक बिद्यालयमा रहेका बिद्यार्थीहरुलार्य कोरोना भाइरस सम्बन्धी जनचेतना मुलक सचेतना कक्षा गरिएको हो।रेसुङ्गा नगरपालिका स्वास्थ्य शाखाको कर्मचारीहरुले कोरोना र यसबाट जोगिने बारे जानकारी मुलक सन्देश दिएको बिद्यालयकी प्रधानाध्यापक पिङ्की भुसालले बताइन् । बिश्व व्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमणको जोखिम बढने भएकाले यसबाट जोगिन बिद्यार्थीहरुलाई सचेतना कक्षाहरु राखिएको प्रधानाध्यापक भुसालको भनाई छ ।
Advertisement