काठमाडाैं। दक्षिण कोरिया, जापानलगायत कोरोना भाइरस (कोभिड–१९) संक्रमित देशबाट आउने–जाने नेपालीलाई सरकारले कडा निगरानी राखेपछि फर्कन चाहने नेपाली प्रभावित हुने भएका छन्।सरकारले कोरिया, जापान, चीनलगायत केही देशबाट नेपाल आउने नेपालीलाई समेत होस क्वारेन्टाइनम बस्नुपर्ने नियम बनाएको छ । कोरोना भाइरसको रोकथाम, नियन्त्रण र सजगता अपनाउन सरकारले यस्ता श्रम गन्तव्यबाट आउने नेपालीलाई थप निगरानीमा राखेको हो।नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोारोना प्रभावित देशका विदेशस्थित आफ्ना नियोगलाई पत्राचार गरेर स्वदेश फर्कने नेपालीलाई थप निगरानीमा राखिने जनाएको छ । कारोबार दैनिकमा खबर छ ।
Advertisement