टेकराज भुसाल, बुटवल । अखिल (छैठौं) रुपन्देहीले नेपालको एमसीसी का कारण राष्ट्र र राष्ट्रियता संकटमा पर्ने भन्दै बिद्यार्थीहरुलाई राष्ट्रवादि आन्दाेलनमा सहभागी हुन अनुराेध गरेकाे छ। भारतीय तथा अमेरिकी साम्राज्यवादका बिरुद्ध आज बुटवलको पुष्पलाल पार्कमा आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै अखिल (छैठौं) का नेताहरुले राष्ट्र र राष्ट्रियता संकटमा पार्ने एमसीसी खारेजीको आन्दोलनमा उत्रिने बताएका हुन।
कार्यक्रममा बाेल्दै अखिल (छैठौं) का केन्द्रीय सदस्य सराेजमान सिंहले देशलाई अमेरिकी साम्राज्यवादले आफ्नाे क्याम्पमा लैजाने प्रयत्न भएकाे भन्दै एमसीसी पास भए नेपाल साम्राज्यवादीको जालाेमा फस्ने बताए ।भारतीय साम्राज्यवादले नेपाललाई सिक्किम जस्तै गरि लैजाने षड्यन्त्र भारतले गरिरहेकाे र त्यसका लागि सम्पूर्ण बिद्यार्थी तथा आम राष्ट्रप्रेमि नेपालहरु चुप लागेर नबस्न र सडकमा उत्रन आग्रह गरे।कार्यक्रममा बाेल्दै अखिल (छैठौं) रुपन्देहीका सचिब सागरले भारतीय तथा अमेरिकी साम्राज्यवादकाे हेपाहा प्रवृत्तिका बिरुद्द एकजुट हुनुपर्ने बताउदै सिमा अतिक्रमण बिरुद्ध सरकारले समयमै कुटनितिक रुपमा समस्याकाे समाधान गर्नुपर्ने धारणा राख्नुभयो। यदि सरकारले सिमा समस्या समाधान नगरिए आन्दोलन चर्काउने चेतावनि उनले दिएका थिए।